Sarawal sit lahar Notis

एमसीसी बिरुद्ध बर्दघाट–९ भुताहामा बिरोध सभा

0 46

बर्दघाट,फागुन–२८
संयुक्त युवा संगठन पश्चिम नवलपरासीले एमसीसी पारितका बिरुद्ध शनिवार बर्दघाट–९ भुताहामा बिरोध सभा गरेको छ ।

मोहन बैद्य किरणले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी  सम्बद्ध क्रान्तिकारी युवा लीग नेपाल ,विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल र नेकपा ९मसाल० निकट अखिल नेपाल युवक संघले एमसीसी पारित तथा पेट्रोलियम पद्धार्थको मुल्य बृद्धि फिर्ता गर्न माग गर्दै बिरोध गरेका हुन ।

संयुक्त युवा संर्घष समितिमा आबद्ध तीन संगठनहरुले राजामहात्मा पुर्णभद्र माविको गेटनजिकबाट नाराबाजी गर्दै ‘ दलालहरु होसियार, एमसीसी चाहिदैन देश बेच्न पाईदैन, पेट्रोलियम पद्धार्थको मुल्य बृद्धि फिर्ता गर , जस्ता चर्का नाराबाजी गर्दै निस्किएर भुताहा चोक पुगेर पुनः सोही स्थानमा सभामा परिणत भएको थियो ।

राष्ट्रिय झण्डा र तारा अंकित झण्डा लिएर बिरोधमा उत्रिएका उनीहरुले एमसीसी पास गर्ने दलहरुलाई दलालको संज्ञा दिदै संर्घषको बिकल्प नभएको बताएका थिए । उनीहरुले केन्द्रमा भएको ६ दल निकट युवा सगठनको कार्यक्रम अनुसार बिरोध प्रर्दशन गरेको जानकारी दिए ।

कोणसभामा क्रान्तिकारी युवा लीग नेपालका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष पुर्ण प्रसाद पोखरेलले एमसीसी पारित गर्ने दलालहरुलाई कुनै हालतमा युवाहरुले नछाड्ने बताउनुभयो । विप्लव निकट युवा संगठन नेपालका जिल्ला अध्यक्ष कृष्ण गिरीले एनसेल लगायतका दलाल कम्पनीहरुलाई ७२ अर्ब कर मिनाहा गर्ने दलालहरुले नै अमेरिकन प्रोजेक्टबाट ५५ करोड डलरको लोभमा राष्ट्रघात गरेको बताउनुभयो ।

जिल्लामा ६ दल दुई मोर्चा आबद्ध जनबर्गीय मोर्चा संगठनहरुले एमसीसी पारितको बिरोधमा सर्घष गर्दै आएका छन् । ६ दल आबद्ध मोर्चाका ३ दल र २ दुई मोर्चा पश्चिम नवलपरासीमा क्रियाशिल रहेका ्ेक्रान्तिकारी माओवादीका प्रदेश सदस्य तथा कार्यबहाक जिल्ला सक्रेटरी क्षेत्रबहादुर थापा क्षेत्रीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.