रामु भुसाल
बर्दघाट,फागुन–२६
बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले वैदेशिक रोजगार का क्रममा बोर्ड बाट प्राप्त हुने आर्थिक सहायता रकमका लागि पिडित बोर्डको कार्यलय आउन नपर्ने र सम्बन्धित गाउँ या नगरपालिकाद्वारा अनलाईन नै निवेदन दर्ता गर्न सकिने र पिडित वा पिडितका आफन्तले आफ्नो बैंक खातामा नै रकम प्राप्त गर्न सक्ने जानकारी दिनु भयो ।
सामी परियोजनाले आफ्ना तीन जिल्लामा कार्यरत रिट्रनि स्वयम् सेवकहरुलाई समाजमा विधमान बैदेशिक रोजगारीका समस्यालाई निराकरण गर्न अग्रसर हुदै घर(घर र टोल (टोलमा गई सुचना प्रदान गर्न थप उर्जा मिलोस भन्ने उद्देश्यले बुटवलमा आयोजित तीन दिवसीय पुर्नताजगी तालिमको समापनको अबसर मा सो जानकारी दिदै रिट्रनिहरुका प्रश्न एवं जिज्ञासाहरुलाई समेत सम्बोधन गर्नुभएको थियोे ।
सो अवसरमा श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशका उप – सचिव तारा ज्ञवालीले हाल परियोजनाले स्थानीय र संघीय सरकार सङ्ग हातेमालो गरि काम गर्दै आएकोमा अब यस परियोजना सङ्ग प्रदेशको पनि भुमिका रहने जनाउँदै यसको पहल हाल बुटवलमा सन्चालित निस्शुल्क इन्डस्टियल इलेक्टिसियन तालिमबाट सुचारू भई सकेको र अगामी दिनमा सिपको आवश्यक्ता हेरि निस् शुल्क सिपहरु सन्चालन गर्ने र प्रदेश स्तरबाट गर्न सकिने कार्यक्रम एवं नीति निर्माणमा समेत बैदेशिक रोजगारीलाई सम्बोधन गर्न पहल कदमि भै रहेको र यस क्षेत्रका व्यक्तिहरुमा आन्तरिक रोजगारी भन्दा बैदेशिक रोजगारीको भावना वृद्धि भएकोमा सीपमा दक्षता हासिल नभए सम्म विदेश जाने सोच गर्नु हुदैन भन्ने सुचना आम जनमानसमा रिट्रनि स्वयम सेवकहरुले आफुले बिदेशमा भोगेका यथार्थ घटना मार्फत सजग गराउनु पर्नेमा जोड दिनु भयो। साथै यस क्षेत्रको गौतम बुद्ध एअरपोर्ट बाट अन्तर्राष्ट्रिय उडान सुचारू सङ्गै बैदेशिक रोजगारीमा जाने सख्यामा वृद्धिको सम्भावना र यस सङ्ग सम्बन्धित व्यक्तिहरु थप सक्रिय हुने हुदा बिदेश जाने कामदारले हतारमा निर्णय लिने, बिदेशमा समस्यामा पर्ने जोखिम समेत हुन सक्ने हुदा अगामी दिनमा श्रम रोजगार तथा यातायात व्यवस्थापन मन्त्रालय लुम्बिनी प्रदेशले समेत सचेतनाका लागि पर्चा, पम्प्लेट र सुचना का साथै सीप तालिम सहयोग गर्ने र रिट्रनि स्वयम सेवकहरुले समेत साथ दिन आग्रह गर्नु भयो।
सो तालिम को सहजीकरण बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठ , सामी परियोजनाका लुम्बिनी,कर्णाली ,सुदुरपस्चिम प्रदेश संयोजक पंचराम चौधरी , सामी रहेल्भेटास नेपालका लुम्बिनी प्रदेश कार्यक्रम अधिकृत जियाउल हक, सामी र बैदेशिक रोजगार बोर्ड लुम्बिनी प्रदेश कार्यक्रम अधिकृत बिण्णु अर्याल लगायतले गर्नु भयेको थियो। तालिममा बैदेशिक रोजगारीमा हाल विधमान समस्या ,पिडितलाई न्यायमा पहुँचका लागि सहजिकरण,सीपतालिमको महत्त्व र फाइदा ,सरोकारवालाको पहिचान र सहकार्य ,सुरक्षित सामाजिक गाउँ ९नक्सा ०घोषणा अभियान ,केश पहिचान,भिजिट भिषा,श्रम , बिमा , ईपासपोर्ट रिट्रनिले गर्न हुने र नहुने कार्य एवं गतिविधि जस्ता विषय बस्तुहरुमा छलफल र जानकारी गराईएको तालिममा परियोजना का नवलपरासी पश्चिम,रुपन्देही र बाके जिल्लाका ३० जना रिट्रनि स्वयम् सेवकहरुको सहभागिता रहेको थियो ।