Jilla Ban Notis

देवदह खानेपानी संस्थामा नवनिर्वाचित पदाधिकारीकोे पदस्थापन कार्यक्रम सम्पन्न ।

0 40

देवदह ,फागुन १९
देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नवनिर्वाचित पदाधिकारीकोे पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । देवदह खानेपानी उपभोक्ता तथा सरसफाई निर्वाचन समितिको आयोजनामा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।

निर्वाचन समितिका संयोजक डासीराम पाण्डेको अध्यक्षता र लुम्विनी प्रदेश सभा सदस्य डा. कृष्णप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो । निर्वाचनमा नेपाली काग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायको संयुक्त गठबन्धन प्यानल र नेकपा एमालेको व्यवसायीक प्रगतिशिल प्यालन वीच प्रतिस्पर्धा भएको थियो । निर्वाचनमा ७ दलिय संयुक्त गठबन्धनको प्यानललाई पराजित गर्दै नेकपा एमालेको व्यवसायीक प्रगतिशिल प्यानल विजयी भएको थियो ।

नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापना कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य न्यौपानेले शुद्ध, सफा र स्वच्छ खानेपानी हरेक नागरिकको पुर्याउन प्रदेश सरकार लागिरहेको बताउनु भयो । उहाले खानेपानी स्वच्छ र सफा खान पाउनु नागरिकको नैर्सिगक अधिकार भएकोले खानेपानी उपलव्ध गराउन सवै मिलेर काम गर्नुपर्नेमा जोड दिनु भयो । उहाले नमुना खानेपानी संस्था निर्माण गरेर पर्यटकहरुलाई अवलोकनका लागि आकर्षित गर्नुपर्ने बताउनु भयो । नेकपा एमालेका नेता समेत रहनु भएको सांसद न्यौपानेले प्रजात्रान्तिक अभ्यासलाई सवैले स्वीकार गरी खानेपानीको विकासको लागि सवै एकजुट हुन आवश्यक रहेको औल्याउनु भयो । उहाले देवदहको विकासको लागि सम्पूर्ण राजनीतिक दल, विभिन्न संघसंस्थाहरु वीच सहमति र सहकार्य गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले शुद्ध खानेपानी आमनागरिककोमा पु¥याउन देवदह नगरपालिका निरन्तर लागि रहेको बताउनु भयो । कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य धुव्रप्रसाद खरेल, नेपाली काग्रेसका वासुदेव रिमाल, एमाले महाधिवेशन प्रतिनिधि ऋषिराम सापकोटा, नेकपा एमाले देवदहका अध्यक्ष टिकाराम चापागाई, नेपाली काग्रेसका सभापति गुनाखर भुर्तेल, नेकपा माओवादी केन्द्रका गोविन्द ठड्राई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सोही अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष गुमानसिं कुवरले देवदह खानेपानीलाई नमुनाको रुपमा अगाडि बढाउन आफनो टिम लागि रहने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाले निर्वाचनको क्रममा आम उपभोक्ताहरुले आफुहरुलाई मतदान दिएकाले आफुहरुले पनि उपभोक्ताहरुको पक्षमा काम गर्ने बताउनु भयो । अध्यक्ष कुवरले सहलगानीको आयोजना सम्पन्न भएसंगै आम उपभोक्ताहरुलाई सुविधा प्रदान गर्न आफनो टिम लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाले आगामी दिनमा देवदहवासीलाई प्रशस्त र स्वच्छ खानेपानी उपलव्ध गराउने गरी काम गर्ने बताउनु भयो ।
निर्वाचन समितिका सदस्य अधिवक्ता पार्वती मरासिनीको स्वागत र दुर्गानारायण डुम्रेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.