Jilla Ban Notis

नवलपरासीमा जिल्ला कलाकार मञ्च गठन ।

0 89

पप्पु रेग्मी
आमबास ,फागुन–१४
पश्चिम नवलपरासी जिल्लाका विभिन्न विधामा रहेका कलाकारहरुको बर्दघाट – २ आमबासमा शनिवार भएको भेलाले ‘जिल्ला कलाकार मञ्च’ गठन गरेको छ । कलाकार एवं संगीतकार लोक बहादुर मिजारको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
जस्को उपाध्यक्षमा राम श्रेष्ठ, कोषाध्यक्षमा सितादेवि रेग्मी, सचिवमा भुप नारायण चौधरी, सह–सचिवमा प्रल्हाद चौधरी रहेका छन भने सदस्यहरुमा क्रमशः, शंकर श्रेष्ठ, आतित थापा, विर बाहादुर रसाईली, विन्दु सिंह, सम्झना महतो र उमा शंकर भर रहेका छन ।


सो भेला वरिष्ठ गायक तथा संगितकार केदार पाण्डको अध्यक्षतामा भएको थियो । गायक तथा संगिताकार राम श्रेष्ठको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको संचालन गायक मदन विष्टले गर्नु भएको थियो । सोअवसरमा उत्तम ध्वज के।सी।, राज श्रेष्ठ, सुखाडी चौधरी लगाएतले कालाकारहरुको अधिकार होईन पहिचान राख्नकोलागि मञ्च गठन गर्न आवश्यकता रहेको बताए का थिए ।

Leave A Reply

Your email address will not be published.