Sarawal sit lahar Notis

को बन्ला बर्दघाट नगरको मेयर तथा उप–मेयर ? यस्ता छन् दावेदारहरु

मुख्य प्रतिस्पर्धी एमाले र काँग्रेस ः नेकपा माओवादी केन्द्र र नेकपा (समाजवादी) निर्णायक

0 58

कृष्ण ढकाल
बर्दघाट,फागुन–४

आगामि बैशाख ३० गतेका लागि स्थानिय तहको निर्वाचन मिति घोषणा गरेसंगै बर्दघाट नगरको मेयर तथा उप–मेयर पदका लागि अलग–अलग पार्टीका नेताहरुले नगरको मेयर तथा उप–मेयर पदका लागि आफ्नो दावेदारी रहने आन्तरीक प्रचारबाजी शुरु गरेका छन् ।

आन्तरीक प्रचारबाजी शुरु गरेका नेताहरु मध्ये नेपाली कान्ग्रेस र नेकपा एमाले भित्रका नेताहरुले आफ्नै पार्टी भित्र दुई गुट बनाएर आ–आफ्नो गुटवाट मेयर तथा उप–मेयरका उमेदवारहरु लाई दावेदारका रुपमा प्रस्तुत् गरेका छन् ।

राजनीतिक दलहरुले स्थानीय तहका उम्मेदवार सिफारिसका लागि निश्चीत मापदण्ड तयगरी नसकेको अवस्थामा अहिले जो कोहीले पनि आफ्नो आकांक्षा राख्नु स्वभाविक रहेको नेकपा एमालेका एक जिम्मेवार नेताको भनाई रहेको छ ।

बर्दघाट नगरको मेयर तथा उप–मेयरका लागि केन्द्र देखि जिल्ला तहका नेताहरुले आ–आफ्नो पार्टीभित्र लबिङ्ग तीब्र पारेका छन् । स्थानिय तहको मेयर तथा उप–मेयरको हैसियत संघ र प्रदेशका सांसदको भन्दा प्रभावशाली हुने भएकाले पनि यतिबेला मेयर तथा उप मेयरको उम्मेदवारका लागि दावीगर्ने होटबाजी चलेको सम्बन्धित जानकारहरु तथा मेयर तथा उप–मेयर पदका दावेदारहरुको आशय रहेको छ ।

आगामि स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट बर्दघाट नगरको मेयर पदको उमेदवारका लागि वर्तमान मेयर धिरज शर्मा बस्यालले आफुनै दोहरीने गरी आफ्नो प्रचार गरेको पाईएको छ । त्यसैगरी बद्रि खनाल,रबिन्द्रविक्रम हमाल,सरीता खनाल र गोपाल आलेको नाम बढी चर्चामा रहेको छ भने नेपाली काँन्ग्रेसवाट यस अघिको निर्वाचनमा उपविजेता बनेका विश्व प्रेम पाठक,बालिन्द्र बिक्रम शाही,कुलदिप आचार्य,शम्भु श्रेष्ठ र चन्द्र ढकालको नाम बढी चर्चामा आईरहेको छ ।

यता नेकपा माओवादी केन्द्रवाट यस अघिको निर्वाचनमा मेयर पदका उमेदवार रुद्र प्रकाश उपाध्यय र रमेश बस्यालले पनि मेयर पदमा दावेदार गरेको बुझीएको छ । त्यस्तै नेकपा (समाजवादी) वाट साविकको माकर गाविस अध्यक्ष रुकमागत ज्ञवाली,रामचन्द्र अधिकारी र चन्द्र कान्त चापागाइको नाम मेयर पदका लागि चर्चामा आएको छ ।

बर्दघाट नगरको मेयर पदका लागि मुख्य प्रतिस्पर्धी दल एमाले र काँग्रेस भएपनि निर्णायक शक्तिकारुपमा नेकपा माओवादी केन्द्र र नेकपा (समाजवादी) देखिएकाले नगरको नेतृत्व लिन एमाले वाहेक अन्यदलहरु गठबन्धन गरेर अघि बढेने संभावना पनि रहेको छ ।

त्यस्तै
बर्दघाट नगरको उप–मेयर पदको उमेदवारका लागि नेकपा एमालेवाट वर्तमान उप–मेयर माया देवि पौडेल नै दोहोरीने संभावना पनि रहेको चर्चा चलेको छ दया दर्लामी , फुल कुमारी गिरी (सिमा) र राधा ढकालको नाम चर्चामा आएको छ ।
बर्दघाट नगर क्षेत्रीय तथा भौगोलिक रुपमा साविकका ४ गाविसहरु मिलेर बनेका कारण नगरका हरेक गतिविधीहरु हुंदा चार कलस्टरमा बाढेर काम हुने गरेको छ । त्यसमा पनि यस अघिको निर्वाचनमा मुख्य दुई दल एमाले र काँग्रेसवाट नगरको बजार क्ष्ँेत्रले मेयर पाउदा उप–मेयर दक्षिणवाट लिईएको थियो । अहिले पनि यहि अवस्था रहेमा नेकपा एमालेवाट भने बजार क्ष्ँेत्रवाट मेयर पदमा महिला आए दक्षिणीक्षेत्रवाट एकदेब पाण्डे र केशव बहादुर खत्री क्षेत्री मध्ये एकजना उप–मेयरमा आउन सक्ने चर्चा चलेको छ ।

१६ वडा रहेको बर्दघाट गरपालिकाका करीव ३९ हजार मतदाता हरुले स्थानिय तहको आगामि निर्वाचनमा मतदान गरी उमेददार चयन गर्ने छन ।

Leave A Reply

Your email address will not be published.