Sarawal sit lahar Notis

फागुन भित्रै योजना सक्ने तयारीमा स्थानीय सरकार ।

0 36

कृष्ण ढकाल
बर्दघाट,माघ–२७
सरकारले निर्वाचनको मिति घोषणा गरेसंगै स्थानीय तहले चालू आर्थिक वर्ष २०७८/०७९ का विकासका योजना आगामी फागुन भित्रै सम्पन्न गर्ने तयारीमा जुटेका छन् । स्थानीय तहका जनप्रतिनिधिको यस वर्ष अन्तिम कार्यकाल भएको र बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न सरकारले मिति समेत सार्वजनिक गरेकाले आगामी फागुनभित्रै सबै योजना सम्पन्न गर्ने तयारीमा स्थानीय तह जुटेका छन् ।

गत वर्ष पुस, माघदेखि मात्र सुरु गरिने कतिपय योजना यस वर्ष असोजदेखि नै कार्यान्वयन भइरहेका छन् । अहिले हरेक पालिकाभित्रका प्राविधिक प्रमुख, योजना शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय तहका प्रमुखहरुले चालू आर्थिक वर्ष २०७८/०७९ का विकासका योजना समयमा नै सम्पन्न् गर्ने निर्देशन गरीरहेका छन् ।
त्यतिमात्र हैन अहिले स्थानीय तहका प्रमुखहरुले उपभोक्ता समिति र ठेकेदारसँग नियमित रूपमा समन्वय र सहजीकरण गर्ने काम भइरहेको छ । कर्मचारीले गरेका कामको नियमित रूपमा अनुगमन गर्ने काम सबै जनप्रतिनिधिले गरिरेहका छन् ।

स्थानीय तहले निर्वाचन अगाडि नै विकास निर्माणका सबै योजना सम्पन्न गर्ने गरी धमाधम काम गरिरहेका छन् । स्थानीय तहका जनप्रतिनिधिहरुले आगामि स्थानीय निर्वाचनलाई लक्षित गरी गतबर्षको असारमा सम्पन्न गाउँ र नगर सभा बाटैे बजेट बिनियोजना गरेका थिए ।

यसरी बिनियोजन गरेको बजेट जनप्रतिनिधिहरुले आफ्नो अनुकुल नभएका शिर्षकमा अहिले आफ्नो कार्यकालको अन्तीम कार्यपालिका बैठकवाट शिर्षक रकमान्तर गरेर भएपनि निर्वाचन केन्द्रित कार्यक्रमहरु तयार गरेर फागुन भित्रै योजना सक्ने तयारीमा स्थानीय सरकार लागि परेको पाईएको छ । तर वाहिर भन्दा भने जनप्रतिनिधिहरुले स्थानीय तहले पालिकाले योजना बनाउँदा स्थानीय माग र आवश्यकताका आधारमा निर्माण गर्ने गरिएको बताउदै आएका छन् ।

Leave A Reply

Your email address will not be published.