Jilla Ban Notis

महाकवि देवकोटा मा.विको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः अर्याल

0 100

रमेश भुसाल
सुनवल ,माघ २६
पश्चिम नवलपरासीको सुनवलस्थित महाकवि देवकोटा नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः ज्ञानहरि अर्याल सर्वसम्मत चयन भएका छन्।

त्यस्तै व्यवस्थापन समिति सदस्यहरुमा सीता वसेल, तुलसी कुंवर, विजय कुमार कर्माचर्या, विर वहादुर गुरुङ, प्रतिभा कार्की र शंकरप्रसाद नाउ सर्वसम्मत चयन भएको विद्यालयले जनाएको छ।

वि.सं. २०७१ देखि निरन्तर तेश्रो कार्यकालको अध्यक्ष भएका अध्यक्ष अर्यालले दोश्रो कार्यकालसम्म जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालय बनाउन सफल भएको र तेश्रो कार्यकालमा विद्यालयलाई देशकै उत्कृष्ट विद्यालय बनाउने अभियानमा लागि पर्ने बताए।

कक्षा १२ सम्म पठनपाठन हुने यस विद्यालयमा कक्षा ११ र १२ तर्फ विज्ञान, व्यवस्थापन, कानुन, मानविकि, शिक्षा साथै प्राविधिक धारका विषयहरु प्नि-पठनपाठन हुँदै आएका छन्। विद्यालयमा २२ सय भन्दा बढि विद्यार्थीहरु अध्ययनरत रहेका छन्।

Leave A Reply

Your email address will not be published.