Bardaghat Na pa

कोभिड–१९सम्वन्धि सचेतना मुलक कार्यक्रम संचालनगर्दै ट्राफिक प्रहरी ।

56

कृष्ण ढकाल
बर्दघाट,माघ–१९
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (पश्चिम)ले कोभिड–१९ सम्वन्धित सचेतना मुलक कार्यक्रमहरु संचालन गरेको छ । ट्राफिक प्रहरीले विभागिय नीति अनुसार लगनशिल, कर्तव्यनिष्ठ एवम् पूर्ण जिम्मेवारीका साथ सवारी दूर्घटना न्यूनिकरण गर्ने कार्यमा जिम्मेवार भएर कार्य गर्नुका साथै सामजिक उत्तरदायित्व समेत वहन गर्नका लागि नवलपरासी जिल्लामा रहेका सबै ट्राफिक पोष्टहरुले समेत कोभिड–१९ सम्वन्धित सचेतना मुलक कार्यक्रमहरु संचालन गर्ने र मास्क वितरण गर्ने कार्यलाई तिव्रता दिएहुन ।

अभियानकै क्रममा मंगलवार परासी–भैरहवा हुलाकी सडक खण्डमा पैदल यात्रीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय परासीका ईन्चार्ज प्र.ना.नि.माधव प्रसाद पन्थीको टोलीले कोभिढ–१९ कावारेमा जानकारी दिने र सचेत गर्ने कार्य गरेको थियो ।

त्यस्तै सोमवार अस्थाई ट्राफिक प्रहरी पोष्ट बर्दघाटका पोष्ट ईन्चार्ज प्र.ना.नि.उपेन्द्र बहादुर बुढाथोकीको टोलीले पूर्व पश्चिम लोकमार्गको त्रिवेणी चोकमा कोभिड–१९ सम्वन्धित सचेतना मुलक कार्यक्रम संचालन गर्नुका साथै मास्क वितरण गर्ने कार्य सम्पन्न् गरेको थियो ।

सो अवसरमा पुर्व–पश्चिम राजमार्गमा संचालन हुने यात्रुबाहक सवारी साधानमा यात्रा गरिरहेका यात्रु, चालक, सह–चालक, तथा पैदल यात्रीहरुलाई ट्राफिक नियमको पालना गर्न अनुरोध गर्नुका साथै कोभिड–१९ बाट बच्न अपनाउनु पर्ने सजकता सम्बन्धि बिषयमा सचेत गर्ने र मास्क वितरण गर्ने कार्य गरेको थियो ।

प्रभावकारी ट्राफिक व्यवस्थपन गर्न कटिवद्ध रहने ट्राफिक प्रहरीहरु आम सडक प्रयोगकर्ताहरुलाइ ट्राफिक नियम सम्बन्धि चेतना अभिवृद्धी गराउने कार्य संगै सामजिक कार्यमा समेत लाग्नुले जनमानसमा समेत ट्राफिक प्रहरी प्रति सकरात्मक प्रभाव पारेको छ ।

ट्राफिक प्रहरीले सामाजिक सचेतनाकै क्रममा आवश्यक स्थानमा ट्रफिक संकेत बोर्ड र सडक रेखाहरु निर्माण तथा सडकमा भौतिक पूर्वाधार निर्माण , व्यवस्थापन लगायत विद्यार्थी,सवारी चालक,सह–चालकहरुलाई ट्राफिक नियम सम्बन्धि जनचेतना मूलक प्रशिक्षण गर्ने कार्यलाई समेत थप प्रभावकारी गरेर अघिबढ्न जरुरी देखिएको छ ।