sunwal

राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु नवलपरासीद्धारा विरोध प्रदर्शन ।

50

कृष्ण ढकाल
बर्दघाट,माघ–१७
नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल नवलपरासीले आज प्रद्यानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएको छ ।
संगठनका जिल्ला अध्यक्ष युवराज डुम्रे र पार्टीका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारी सहितको टोलीले आज जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापन पत्र बुझाएको हो ।


राष्ट्रिय युवा संघ नेपाल नवलपरासीका जिल्ला अध्यक्ष युवराज डुम्रेद्धारा हस्ताक्षरीत विज्ञप्तीमा स्थानिय तह निर्बाचनको मिती घोषणा गर्नु पर्ने,कोरोना बिरुद्धको बुस्टर डोज प्रर्याप्त ब्यवस्था गर्नु पर्ने, कालापानी क्ष्ँेत्रमा भारतीय पक्षवाट सडक निर्माण भएकाले त्यसलाई तुरुन्त रोक्न पहल गर्नु पर्ने लगाएतका मागहरु अघि सारीएका छन् ।
त्यसैगरी नवलपरासीको सिमावर्ती क्षेत्रमा पर्ने दश गजा नजिकै भारतले सडकका नाममा निमार्ण गरेको ड्याम को निमार्ण कार्य रोक्नु पर्ने,ऐतिहासिक भुमि सुस्ता गाउपालिकाको वडा नम्वर ३ र ४ को भूभागलाई गुगल म्यापमा भारतमा पर्ने देखाएको हुदा त्यसलाई तत्काल सच्चाउन पहल गर्नु पर्ने,पेट्रोलियम पदार्थमा गरीएको मुल्य वृद्धि नियन्त्रण गर्नु पर्ने लगाएतका माग ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।


यता
स्थानिय तह निर्बाचनको मिती घोषणाको माग गर्दै नवलपरासीको भुमहि चोकमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु नवलपरासीले संयुक्त रुपमा विरोध प्रदर्शन गरेको थियो । राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष युवराज डुम्रेको अध्यक्षता ,सचिव ज्ञान प्रसाद पाठकको संचालन र पार्टीका जिल्ला सचिव धिरज शर्माको प्रमुख आतिथ्यतामा भएको उक्त विरोध कार्यक्रममा मसाल जुलुस समेत प्रर्दशन गरीएको थियो ।
विरोधका क्रममा स्थानिय तह निर्बाचनको माग,पेट्रोलियम पदार्थमा गरीएको मुल्य वृद्धि नियन्त्रण,भारतीय पक्षको हस्तक्षेको खुलेर विरोध गर्दे नारावाजी समेत गरीएको थियो भने वर्तमान गठवन्धन सरकारका प्रद्यान मन्त्री शेरवहादुर देउवा लगाएतका नेताहरुको पुत्ला दहन गरेर विरोध जनाएका थिए ।