Jilla Ban Notis

मजदुरहरुको ज्याला वृद्धि गर्ने कार्यमा सरकार उदासिन ः मजदुर नेता गौतम

0 31

कृष्ण ढकाल
बर्दघाट ,माघ–५

समृद्ध नेपाल निमार्णका लागि अहोरात्र खटिरहने मजदुरहरुको ज्याला वृद्धि गर्ने कार्यमा सरकार उदासिन बनेको जिफन्ट महासंघका केन्द्रिय उपाध्यक्ष कमल गौतमले बताउनु भएको छ । श्रमीकको आवास,स्वास्थ्य र शिक्षा जस्ता विषयवस्तुहरुमा सरकारले कुनै योजना अघि नसारेका कारण अब मजदुरहरु एक भएर अघिबढ्नुको अर्काे कुनै बिकल्प नरहेको बताउनु भएको छ ।

नेपाल बिजुली,पेन्टर पलम्बर तथा निमार्ण मजदुर यूनियन नवलपरासीको भुमहिमा भएको दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मजदुर नेता गौतमले उक्त कुरा बताउनु भएको हो । अहिले सम्मका सरकारले श्रमीक परिचय–पत्र समेत प्रदान गर्न नसकेकोे प्रति दुःख ब्यक्तगर्दै अब योगदानमा आधारीत सामाजिक सुरक्षा कोष पूर्ण रुपमा लागुगर्न दवाव सृजना गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

त्यसैगरी कुनै पनिक्षेत्रका मजदुरहरुलाई राज्यले पहिला राज्यको तर्फवाट श्रमीक परिचयपत्र प्रदान गरेर मात्र उस्लाई योगदानका आधारमा सामाजिक सुरक्षा कोष मार्फत पेन्सन,उत्पदान, औषधि उपचार तथा दुर्घटना बिमा जस्ता सेवामा समावेश गर्नु पर्ने उहांको भनाई रहेको थियो ।

त्यसैगरी अर्का क्यूपेक नेपालका केन्द्रिय सचिव राजेन्द्र विष्ठले क्यूपेक नेपालको संगठन नेपालको ६५ जिल्लामा रहेको बताउदै मज्दुरहरुलाई अझ संगठीत गर्दे अघिबढ्ने कार्यमा लाग्न मजदुर नेताहरुलाई आग्रह गर्नु भएको थियो । मजदुरहरु एक भएमा सरकार र निजि कम्पनीहरुका मालिकहरुले मजदुरलाई हेर्ने दृष्टिकोण तथा ब्यवहारमा समेत परिर्वतन हुने भएकाले मजदुरहरुको अधिकार प्राप्तीका लागि संगठीत हुन जरुरी रहेकोमा जोड दिनु भएको थियो ।

सोही कार्यक्रममा बोल्दै जिफन्ट लुम्बिनी प्रदेश कमिटिका सचिव हुमकान्त काफ्लेले कुनैपनि क्षेत्रका मदजुरहरुको पेशालाई सम्मानित र मर्यादित बनाउदै उनीहरुको हक र अधिकार स्थापित गर्न कार्यमा जिफन्ट लागि परेको बताउनु भएको थियो । उहांले मजदुरहरुलाई विभिन्न बहानामा बिभाजित गरेर आफ्नो राजनीतिक अभिष्ठा पुरागर्नेहरु देखि सजक रहन आग्रह समेत गर्नु भएको थियो ।

नेपाल बिजुली,पेन्टर पलम्बर तथा निमार्ण मजदुर यूनियन नवलपरासीका जिल्ला अध्यक्ष राम कुमार थापाको अध्यक्षता र जिफन्ट महासंघका केन्द्रिय उपाध्यक्ष कमल गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मजदुर नेता दिलकराज डुम्रे,देवि प्रसाद चौधरी लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो भने कार्यक्रमको संचालन प्रशुराम कुवंरले गर्नु भएको थियो ।

नवलपरासी जिल्लामा अहिले ११ वटा मजदुरसंवद्ध कमिटिहरु क्रियाशिल रहेको नेपाल बिजुली,पेन्टर पलम्बर तथा निमार्ण मजदुर यूनियन नवलपरासीका अध्यक्ष राम कुमार थापाले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.