Jilla Ban Notis

छेक्नलाई पछेउरीले जाडो छेकियो,लुकाई–लुकाई राखेको माया देखियो ।

0 30

कृष्ण ढकाल
बर्दघाट,माघ–३
लोकगायक भरत क्षेत्री र गायिका श्यामकला भण्डारीको स्वरमा रहेको छेक्नलाई पछेउरीले जाडो छेकियो,लुकाई–लुकाई राखेको माया देखियो बोलको गितआज देखी बजारमा आएको छ ।
माया प्रेममा आधारीत भएर तयार पारिएको उक्तगित आज बिहान भरत क्ष्ँेत्री युटुब च्यानलबाट सार्वजनीक भएको हो ।

राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान नवलपरासीका अध्यक्ष समेत रहेका लोक गायक भरत क्षेत्रीले यसअिघ पनि २० बढी गितहरुमा आफ्नो स्वर दिईसकेका छन् ।

आज देखि बजारमा आएको माया देखियो बोलको गितमा शब्द प्रलाहद सुवेदीको रहेको छ । गितमा भरत क्ष्ँेत्रीको संगीत ,जुना सुन्दास र लोमास शर्माको मुख्य अभिनय रहेको छ भने राजु सुनामले त्यसलाई छायाँकन गर्नु भएको छ ।

शहर र पहाडका विभिन्न स्थानमा छायांकन गरीएको उक्त गितमा नेपाली पनको आवास हुनेगरी नेपाली पोशाक, नेपाली कला संस्कृति झल्कने खालको अभिनयलाई सरल र सहज रुपमा समावेस गरीएको छ । जस्को निर्देशन कुमार के.सी ले गर्नु भएको छ भने प्रकाश मगरको कोरीयोग्रामफि रहेको छ ।

Maya Dekhiyo माया देखियो | Bharat Chhetri | Shyamkala Bhandari | Pralhad Subedi | Ft. Lomash | Juna – YouTube

 

Leave A Reply

Your email address will not be published.