Jilla Ban Notis

बर्दघाट–२,चिसापानीमा अन्तर वडा जिल्ला स्तरीय भलिवल प्रतियोगिता शुरु

0 49

कृष्ण ढकाल
बर्दघाट,पौष–२६

शान्तिज्योति युवा क्लव र शान्तिज्योती टोल विकास संस्था बर्दघाट–२,चिसापानीको आयोजनामा अन्तर वडा जिल्ला स्तरीय भलिवल प्रतियोगिता सोमवार देखि शुरु भएको छ । प्रतियोगिताको संविद्यान सभा सदस्य सिन्धु जलेसाले एक कार्यक्रमका विच समुद्घाटन गर्नु भएको छ ।

घनेश्याम नेपालीको अध्यक्षता , संविद्यान सभा सदस्य सिन्धु जलेसाको प्रमुख आतिथ्यता र राजेन्द्र वस्नेतको संचालन रहेकोे प्रतियोगिताको समुद्घाटन कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्वर २ की वडाध्यक्ष दया दर्लामि, सदस्य कृष्ण पाण्डे,दधिकला पौडेल, अनु सार्की समाजसेवी खगेश्वर चापागाई,दिब्यज्योती मावि ब्यवस्थापन समितिका अध्यक्ष सुबोधजागृत बुढाथोकी,चिसापानी सामुदायिक वनका अध्यक्ष होम गुरुङ्ग,चिसापानी खानेपानी संस्थाका अध्यक्ष मोहन गुरुङ्ग लगाएतको उपस्थिती रहेको थियो ।

अन्तर वडा जिल्ला स्तरीय भलिवल प्रतियोगितामा २६ टिमले आफ्नो समुह दर्ता गराएको खेल संयोजक खेम भुषालले बताउनु भएको छ । संयोजक भुषालका अनुसार २६ देखि माघ १ गते सम्म संचालन हुने अन्तर वडा जिल्ला स्तरीय भलिवल प्रतियोगितामा प्रर्थम हुनेटिमले नगद रु.५५ हजार ५ सय ५५ रुपैया,शिल,मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छ भने दिद्धय हुने टिमले नगद रु.२५ हजार ५ सय ५५ रुपैया,शिल,मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छ । त्यसैगरी तृतिय हुने टिमले नगद रु.१५ हजार ५ सय ५५ रुपैया,शिल,मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने बताईएको छ ।

बर्दघाट नगरपालिका वडा नं.–२,चिसापानी ब्लक नं. ३ को खानेपानी टंकी भएको स्थानमा संचालन भैरहेको उक्त प्रतियोगितामा नवलपरासी जिल्लाका विभिन्न स्थानहरुवाट खेलाडीहरुको सहभागिता रहेको छ ।
त्यसैगरी प्रतियोगिता कै क्रममा घैठो फोर,लठ्ठी तान र म्यूजिकल चियर प्रातियोगिता समेत संचालन गर्ने र विजेतालाई उचित प्रकारको लोक्कल कुखुराको भाले उपहार दिने कार्यक्रम समेत रहेको खेल संयोजक भुषाले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.