Jilla Ban Notis

बिकास अब गाउँ केन्द्रित हुनुपर्छ ः मन्त्री चौधरी

0 39

मुक्ती तिवारी

बर्दघाट,पौष –२६
लुम्बिनी प्रदेशका पर्यटन,ग्रामिण तथा सहरी बिकास मन्त्री डिल्ली बहादुर चौधरीले बिकास निर्माणममा कसैले पनि राजनिती गर्न नहुने बताउनु भएको छ । जनताका निम्ती काम गर्न,समग्र क्षेत्रको बिकासका लागि राजनितीमा होमिने कुनै पनि व्यक्ति वा दलले बिकास निर्माणमा राजनिती गरेर हस्तक्षेप गर्न नहुने उल्लेख गर्नु भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर १६ मा रहेको सूर्य नगर रंगशाला अवलोकनका लागि आउदा नव यूवा क्लवले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले अबको बिकास गाउँबाट सुरु गर्नु पर्ने बाउनु भयो । जनतालाई सिंहरबार गाउँमा आएको अनुभूती गराउन अब बिकास निर्माण गाउँ लक्षित हुनु पर्नेमा जोड दिनुभयो ।

मन्त्री चौधरीको पहलमा सुर्यनगर रङगशालाको स्थाई प्याराफिट निर्माणका लागि रु ४० लाख रुपैया बजेट बिनियोजन भएको छ । क्लवले मन्त्री चौधरीको प्रमुख आतिथ्यतामा आज भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बोल्दै संबिधान सभा सदस्य एवम् नेपाली कांग्रेश लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले सुर्यनगर रङगशालाले स्थानिय स्तरमा खेलाडि उत्पादन गर्दै यहाँका उत्पादनलाई राष्ट्रिय रुपमा चिनाउन महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो । यस क्षेत्रको समग्र खेलकुदको बिकासका लागि सुर्यनगर गोल्डकपलाई निरन्तरता दिईनुपर्ने खनालले बताउनुभएको थियो । आफु चुनाव जित्दा वा हार्दा सदैव जनताको सेवामा नै सहजिकरण गर्न कुनै कसर बाकि नराख्ने उहाले बताउनु भयो ।

तस्विर ः कृष्ण ढकाल

बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्मा बस्यालले नगरपालिका आन्तरीक स्रोतमा कमजोर रहेको बताउदै सबै बिकासर्मिाण एकैचोटी गर्न सम्भव नभएको बताउनु बताउनु भयो । संघ र प्रदेश सरकारले नगरमा संचालन गरेका योजनाहरुमा नगरले सक्दो सहयोग गरेको हुदा सबै योजनाहरुले नगरकै सानो बजेटबाट पुर्णता पाउन कठिन हुने गरेको उलले्ख गर्नुभएको थियो । नगरप्रमुख बस्यालले सुर्यनगर गोल्डकप बर्दघाट नगरपालिकाको चिनारी रहेको बताउनु भएको छ । राजनितीक पहुँच भन्दा आवश्यकताका आधारमा पुर्वाधार बिकास हुनुपर्नेमा उहाँको जोड रहेको थियो । बर्दघाट नगरपालिका ४ मा आधुनिक रङगशाला निर्माणकालागि डिपिआर भैसकेको त्यसकालागि ८० करोड रकम आवश्यक पर्ने हुदा बजेट अभावमा कामले गति लिन नसकेको बताउनुभयो ।

कार्यक्रममा संबिधानसभा सदस्य सिन्धु जलेशा,बर्दघाट १६ का बडा अध्यक्ष सुक बहादुर गुरुङ लगायतले आफ्ना धारणा राख्दै बिगतदेखिनै यस ठाउँको हरेक बिकास निर्माणकालागी निरन्तर लागि परेको बताउनुभयो ।कार्यक्रम नव युवा क्लवका अध्यक्ष भिमकाजि गुरुङको अध्यक्षता एवम् मन्त्री चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.