sunwal

माघ १५ सम्म स्कुल बन्द,सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक ।

44

बर्दघाट,पुष–२५

आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र [सीसीएमसीसी] को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको छ। कोरोना संक्रमण बढेपछि सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको हो।

त्यसैगरी सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने जनाको छ । आइतबार बसेको सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिनु भएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको हो । ‘कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरेका र ‘निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिएको नेपालले बताउनु भएको छ ।

बैठकले प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने निर्णय पनि गरेको छ । बिश्वबिद्यालय वा कलेजका बार्षिक परिक्षाहरु भने स्वास्थ्य मापदण्ड पालना गरेर संचालन बताईएको छ । ।

सी.सी.एम.सी.सी.ले गरेका निर्णयहरू यस्तो छ .