Jilla Ban Notis

सुस्ता नमुना सहकारीको प्रथम साधारणसभा सम्पन्न ।

0 70

सुस्ता, पुस २४

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवाको श्री सुस्ता नमुना कृषि सहकारी सस्थाले प्रथम साधारण सभा सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष रन्जित कुमार यादवको अध्यक्षता एवम् सुस्ता गाउपालिका वार्ड न ५ का वडा सचिव कर्ण बहादुर दर्लामी मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै सुस्ता गाउपालिका वार्ड न ५ का वडा सचिव मगरले सहकारी सेयर सदस्य वृद्धि र भौतिक संरचना मात्रै होइन आबद्द बिपन्न सेयर सदस्यहरुको आर्थीक अवस्था उकास्नका निम्ति सहकारीले भुमिका खेल्नु पर्नेमा जोड दिनु भएको थियो । भने पक्लिहवामा रहेको सहकारीको थप ब्यवस्थापन गर्नका लागि सहकारीलाई वडा कार्यालयबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

२०८७ सालम स्थापना भएको सहकारीमा हाल १०७ जना सदस्यहरू आवद्ध रहेका छन । सहकारीले कुल २० लाख बराबरको आर्थिक कारोबार गरेको छ ।

Leave A Reply

Your email address will not be published.