Jilla Ban Notis

महेसपुर भन्सारले ५ महनिामा १० करोड बढि राजस्व संकलन गर्यो ।

0 100

हुसेन अन्सारी
परासी, २४ पुष
नवलपरासीको महेसपुर भन्सारले ५ महनिामा १० करोड बढि राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले श्रावण महिनादेखि मंसिर महिनासम्ममा कुल १० करोड, ४२ लाख २८ हजार ५५१ रुपैया राजस्व संकलन गरेको जानकारी दिएको छ । महेसपुर भन्सार छोटीबाट मुल भन्सार भएपछि राजस्व वृद्धि हुदै गएको हो ।

कार्यालयले उक्त ५ महिनामा पैठारी भन्सार महसुल तर्फ ६ करोड, १५ लाख ३ हजार २५१ रुपैया, कृषि सुधार शुल्क तर्फ १ करोड, २२ लाख, ८१० रुपैया, सेवा दस्तुर तर्फ ६ लाख १३ हजार रुपैया रहेको जानकारी दिएको छ । त्यस्तै अन्य प्रशासनिक सेवा शुल्कबाट ३७ हजार, अन्तशुल्कबाट २३ लाख ८१ हजार, २१५, मुल्य अभिबृद्धि करबाट २ करोड, ६९ लाख, ४९ हजार ७७८ र आयकरबाट ५लाख ४३ हजार ४९७ रुपैया गरि कुल १० करोड, ४२ लाख २८ हजार ५५१ रुपैया संकलन भएको भन्सारले जनाएको छ । कार्यालयले मंसिर महिनामा मात्र १ करोड, ४९ लाख ३८ हजार ७०३ रुपैया राजस्व संकलन गरेको छ ।

यस नाकाबाट, खाद्यान्न, कपडालत्ता, भाँडाकुडा, भुँस, कोईला, किराना तथा कास्मेटिकका सरसामानहरुको पैठारी हुने गर्दछ ।

Leave A Reply

Your email address will not be published.