Jilla Ban Notis

सवारी ज्यान मुद्धाको सजाय भुक्तानगर्न बाँकी रहेका फरार अभियुक्त पक्राउ ।

पैदल यात्रीलाई पिकअपले ठक्कर ,घाईतेको उपचारका क्रममा मृत्यु

0 29

कृष्ण ढकाल
बर्दघाट,पुष–१४
नवलपरासी जिल्ला अदालत परासीबाट सवारी ज्यान मुद्धाको सजाय भुक्तान गर्न बाँकी रहेका एक जना फरार अभियुक्तलाई ईलाका प्रहरी कार्यालय बर्दघाटले पक्राउ गर्न सफल भएको छ ।
२०७६ असार २७ गते नवलपरासी जिल्ला अदालत परासीबाट फैसला भई तत्काल २ बर्ष १० महिना कैद र २२ हजार रुपैयाँ जरीवाना तोकिएका फरार अभियुक्तलाई आज बर्दघाट नगरपालिका वडा नं. १० वाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी प्रेम बहादुर शाहीले जानकारी दिनु भएको छ ।

सवारी ज्यान मुद्धाको सजाय भुक्तान गर्न बाँकी रहेका फरार अभियुक्तलाई आजै आवश्यक कारवाहीको लागि नवलपरासी जिल्ला अदालतमा पेश गरिएको र अदालतको आदेशमा निज अभियुक्तलाई सजाय भुक्तानको लागि जिल्ला कारागार चलान गरीएको सुचना अधिकारी शाहीले जानकारी दिनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरुवाट समेत गरी २०७८ मंसीर २८ गतेदेखि हालसम्म बिभिन्न मुद्धाका १ सय २ जना फरार अभियुक्तहरुलाई जिल्लाको बिभिन्न स्थानबाट
पक्राउ गरी आवश्यक कारवाहीको लागि नवलपरासी जिल्ला अदालतमा पेश गरिएको समेत शाहीले जानकारी दिनु भएको छ ।

 पैदल यात्रीलाई पिकअपले ठक्कर ,घाईतेको उपचारका क्रममा मृत्यु

आज दिउँसो करिव १२ः४५ बजेको समयमा बर्दघाट नगरपालिका वडा नं. ८ भुताहाको भित्री सडक खण्डमा पैदल यात्रीलाई पिकअपले ठक्कर दिएका घाईतेको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दघाट नगरपालिका वडा नं. ८ भुताहाकी ५१ बर्र्षीय सपना कुवर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी प्रेम बहादुर शाहीले जानकारी दिनु भएको छ ।
उत्तरबाट दक्षिणबाट तर्फ जादै गरेको बा ७ च ४९९ नं. को पिकअपले पैदल यात्री कुवरलाई ठक्कर दिदा घाइते भई उपचारको लागि लुम्बिनी सिटी अस्पताल बुटवल लगीएको थियो । सपनाको उपचारको क्रममा मृत्यु भएको शाहीले जानकारी दिनु भएको छ । ठक्कर दिने पिकअप र पिकअप चालक रामग्राम नगरपालिका वडा नं. ०२ परासी बस्ने २५ बर्षका संतोष कुमार भरलाई ईलाका प्रहरी कार्यालय बर्दघाटले आफ्नो नियन्त्रणमा लिईएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.