Sarawal sit lahar Notis

नवलपरासी सेवा समाज कतारको वार्षीक साधारण सभा तथा अधिवेशन सम्पन्न् ।

नवलपरासी सेवा समाज कतारको अध्यक्षमा ः कृष्ण पन्थी

0 41

कृष्ण ढकाल / दुर्गा ठकुरी
बर्दघाट,पौष–१०
नवलपरासी सेवा समाज कतारको ऐतिहासिक दोस्रो साधारण सभा तथा अधिबेशन २४ डिसेम्बर २०२१ अर्थात २०७८ साल पुस ९ गते शुक्रबार सम्पन्न् भएको छ । कतार दोहाको सल्वा रोड स्थित सफारी हाइपर मार्केट नजिकै रहेको ग्रील हाउस रेस्टुरेन्टमा भएको कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समितीका युवा संयोजक राज रेग्मी प्रमुख अतिथिका रुपमा रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राज रेग्मीले नवलपरासी सेवा समाज कतारले गर्दै आएको सामाजिक कार्यको खुलेर प्रशंसा गर्दै नवलपरासी सेवा समाजलाई सक्दो साथ र सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । त्यसैगरी नवलपरासी संस्थाका संरक्षक केबि हमालले संस्थालाई अझ गतिशील र सशक्त बनाउदै लैजाने कार्यमा आफु कटिबद्ध रहेको बताउदै सबै एक भएर लाग्न आग्रह गर्नु भएको थियो ।

नवलपरासी सेवा समाज कतारका अध्यक्ष सजन लौडारीको अध्यक्षता र सेवा समाजका प्रथम उपाध्यक्ष अमित बरालीको स्वागत मन्तब्य शुरुभएको कार्यक्रममा मध्यान्ह खबरका संबाददाता तिलु शर्मा, समाज सेवा अभियान रुपन्देहीका अध्यक्ष बिश्नु खड्का, लुम्बिनी प्रदेशका प्रथम उपाध्यक्ष ठाकुर कुमार परियार , अध्यक्ष बुद्ध पाण्डे, कार्ड्स अर्गनाइजेसन अन्तरास्ट्रिय समितिका उपाध्यक्ष दिपजङ्ग शाह र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका उपाध्यक्ष प्रेम चलाउने लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा सेवा समाजका अध्यक्ष सजन लौडारीको सांगठनिक तथा वार्षिक प्रगति प्रतिबेदन प्रस्तुतिगर्नु भएको थियो । उहांको प्रतिवेदनमा बिगत देखि नवलपरासी सेवा समाज कतारले विभिन्न सामाजिक सहयोगका कार्य गर्दै आएको र भर्खरै नवलपरासी जिल्लाको विभिन्न तीन वटा माध्यमिक विद्यालयहरुमा र एक वटा सामुदायिक अस्पतालमा एक ÷एक लाखको अक्षयकोष स्थापना गरेको उल्लेख गरीएको थियो ।

कार्यक्रममा कृजल पन्थी, शिबांसी कुवर, जिया हमाल र सन्ध्या अर्यालको राष्ट्रप्रेमी गीतमा प्रस्तुत स्वागत नृत्य रहेको थियोे भने कार्यक्रमको संचालन संस्थाका महासचिव दुर्गा हमालले गर्नु भएको थियो ।

त्यसैगरी कार्यक्रमको औपचारी समुद्घाटन पश्चात बन्द सत्रमा महासचिव तथा बिधान संशोधन समितिका संयोजक दुर्गा हमालले बिधान २०७५ को प्रथम संशोधन २०७८ को प्रतिबेदन र सह कोषाध्यक्ष नर बहादुर थापाले प्रस्तुत गर्नु भएका आर्थिक प्रतिबेदन पारित भएको छ ।

नवलपरासी सेवा समाज कतारको अध्यक्षमा ःकृष्ण पन्थी

नवलपरासी सेवा समाज कतारको अध्यक्षमा कृष्ण पन्थी निर्वाचीत हुनु भएको छ भने प्रथम उपाध्यक्षमा अमित बराली, द्वितीय उपाध्यक्ष सुरज कुवर, महिला उपाध्यक्ष सन्ध्या अर्याल र महासचिव मादुर्गा हमाल सर्बसम्मतिबाट चयन हुनु भएको छ ।
त्यसैगरी सचिवमा बासदेव पाण्डे, कोषाध्यक्ष नर बहादुर थापा, सह कोषाध्यक्ष रामजी सुबेदी र केन्द्रीय सदस्यरुमा बिष्णु बहादुर शाही, सद्दाम हुसेन, पुष्पा ज्ञवाली हमाल, रमेश पुरी र रमेश चापागाईं चयन हुनु भएको छ ।
नव निर्वाचीत पद्याधिकारीहरुलाई निर्वाचन समितिका संयोजक केबि हमालले पद तथा गोपनियताको शपथ खुवाउनु भएको थियो । अध्यक्षको सपथ लिएसंगै नब निर्बाचित अध्यक्ष कृष्ण पन्थीले नवलपरासीका बांकी ४ वटा पालिकाको ४ वटा सरकारी माध्यमिक बिद्यालयमा समेत एक÷एक वटा अक्षयकोष स्थापना गर्ने, जिल्लाकै एक मात्र श्री सहिद स्मृति सामुदायिक अस्पतालमा भर्खरै स्थापना भएको अक्षयकोषलाई बढाउदै लैजाने र नवलपरासी जिल्लामा पर्यटनको सम्भावना बोकेको ऐतिहासिक, धार्मिक र साँस्कृतिक स्थलहरुलाई पर्यटकीय स्थलको रुपमा बिकास गर्न सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

Leave A Reply

Your email address will not be published.