Bardaghat Na pa

पञ्चनगर महिला कल्याण कृषी सहकारी सस्थाको बार्षिक साधारण सभा सम्पन्न

शिक्षा र स्वास्थ्य क्षेत्रलाई निजिकरण गर्दा अन्य क्षेत्रहरु धाराशाही भए ः मन्त्री झाक्री

69

बर्दघाट,पौष–१०

पञ्चनगर महिला कल्याण कृषी सहकारी सस्था लिमिटेड बर्दघाट ९ पञ्चनगरको १५ औँ बार्षिक साधारण सभा तथा नव निर्मित भवन समुद्घाटन कार्यक्रम शनिबार सम्पन्न भएको छ । सस्थाकी अध्यक्ष लोमा कुमारी खनालको अध्यक्षता तथा शहरी विकास मन्त्री राम कुमारी झाक्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि झाक्रीले राज्यले अगिंकर गरेको ३ खम्बे आर्थिक निति अनुसार सहकारी उत्कृष्ट खम्बा सावित भएको र राज्यको बेवास्ताका कारण अन्य खम्बाहरु चलायमान नहुदा समस्या बढेको बताउदै शिक्षा र स्वास्थ्य क्षेत्रलाई निजिकरण गर्दा अन्य क्षेत्रहरु धाराशाही भएको बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा जिल्ला सहकारी संघका अध्यक्ष कृष्ण प्रसाद पौडेल, बर्दघाट वार्ड नम्बर ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाई, सस्थाका पुर्व अध्यक्षको तर्फ देखी दिल कुमारी कुंवर, अन्य सहकारीको तर्फ देखी जनकल्याण बचत तथा ऋण सहकारी सस्थाकी उपाध्यक्ष मनमाया सुवेदी, विभिन्न संघ सस्थाको तर्फ देखी ईन्द्रेणी समाजिक विकास मञ्चका अध्यक्ष कर्दम कुमार क्षेत्री लगाएतले मन्तब्य राख्नुभएको थियो ।

सो अवसरमा अध्यक्षको प्रतिबेदन सस्थाकी अध्यक्ष लोमा कुमारी वाग्ले प्रस्तुत गर्नुभएको थियो भने सस्थाको ४ करोड ४१ लख २४ हजार ६ सय २१ रुपयिा बराबरको आर्थिक आय ब्यय प्रस्तुत गर्दै सस्थाले १२ लाख ३९ हजार ८१ रुपिया शुद्ध नाफा गर्न सफल भएकोसस्थाकी कोषाध्यक्ष कोपिला शर्माले प्रतिबेदन मार्फत जानकारी दिनुभएको छ ।

कार्यक्रममा सस्थाको आर्थिक बर्ष ०७७, ७८ को प्रगति प्रतिबेदनका साथ ०७८, ७९ को निति तथा कार्यक्रम सस्थाका सचिव अनिता भट्राईले प्रस्तुत गर्नुभएको थियो । सस्थाका उपाध्यक्ष कमला सुवेदीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन लेखा समयोजक कोपिला श्रेष्ठले गर्नुभएको थियो ।

२०६४ सालमा स्थापना भएको यस सस्थामा कुल १ हजार २१ सेयर सदस्यहरु आबद्ध छन भने २ सय ५४ जना बाल बचतकर्ता रहेका छन । सस्थाले सोही कार्यक्रमका बीच प्रमुख अतिथि झाक्रि द्धारा सस्थाको नव निर्मित भवनको समेत उद्घाटन गरिएको थियो ।