Sarawal sit lahar Notis

जनकल्याणद्धारा बर्दघाट र भटौलियामा सेवा केन्द्र उद्घाटन

0 22

प्रकाश न्यौपाने

बर्दघाट,पुष–६

बर्दघाट नगरपालिका ९ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी सस्थाले सोमबार बर्दघाट सेवा केन्द्र र मंगलबार भटौलिया सेवा केन्द्रको समुद्घाटन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्यालले सहकारीहरुले पुजी संकलन र परिचालन गरि सदस्यहरुको जिवन स्तरमा सुधार गर्नु पर्ने बताउनु भयो ।

सहकारीहरुले सदस्यहरु मार्फत संकलन गरेको पुजीलाई अधिकतम प्रयोग गरि उत्पादनमा जोड दिनु पर्ने बताउदै उहाँले सहकारीमार्फत रोजगारीको सिर्जना गर्न बताउनु भयो। शर्माका अनुसार-” सहकारी मार्फत सहकारीका सदस्यहरुको जिवन स्तरमा सकारात्मक परिवर्तन आएको स्वयं सदस्यहरुले महसुस गर्नेगरि परिवर्तन आउनु पर्दछ ।” नगरले सहकारी बाट संकलित पुजी र सो पुजीको परिचालन गरि सहकारी मार्फत रोजगारिको सिर्जना गरि आर्थिक बिकास गर्न सकिने हुदा नगरले सहकारी मैत्री ऎन ल्याएको बताउनु भयो ।

त्यस्तै मंगलबार भटौलिया सेवा केन्द्र उद्घाटन गर्दै बर्दघाट नगर उपप्रमुख माया देवी पौडेलले सहकारीहरुले पुजी परिचालन गरि आर्थिक बिकासमा ठुलो योगदान गरेको बताउनु भयो । लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपाल, जिल्ला सहकारी संघका पुर्व अध्यक्ष दिप प्रकाश लोहनी, सस्थाका सस्थापक अध्यक्ष शम्भुलाल श्रेष्ठ, पुर्व अध्यक्ष बद्री प्रसाद सुबेदि, बालाकृष्ण लम्साल लगायतले बोल्नु भएको छ ।

पश्चिम नवलपरासीको बर्दघाट ९ मा रहेको जनकल्याण साकोसले केहि महिना अगाडि सरावल १ को बसाबसाहि, प्रतापपुर २ को गोपिगन्जमा सेवा केन्द्रको समुद्घाटन गरि सकेको सस्थाका अध्यक्ष डिक बहादुर पाण्डेले बताउनु भयो । कार्यक्रम सस्था अध्यक्ष डिकबहादुर पाण्डेको अध्यक्ष रहेको कार्यक्रमको संचालन सचिव दिपक क्षेत्री र स्वागत मन्तव्य उपाध्यक्ष मनमाया सुबेदीले गर्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.