Jilla Ban Notis

सामुदायिक मेलमिलाप कर्ता समाज नवलपरासीको वार्षीक साधारण सभा सम्पन्न् ।

0 146

कृष्ण ढकाल
बर्दघाट,मंसीर–१८
सामुदायिक मेलमिलाप कर्ता समाज नवलपरासीको ११औं वार्षीक साधारण सभा परासीमा सम्पन्न् भएको छ । समाजका जिल्ला अध्यक्ष नारायण प्रसाद अधिकारीको अध्यक्षता र समाजका केन्द्रिय सदस्य शान्ता भण्डारीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न् भएको थियो ।
सभामा बोल्दै केन्द्रिय सदस्य भण्डारीले न्यायिक समिति र मेलमिलापकर्ताहरु विच समन्वयको अभाव रहेको बताउनु भएको थियो । उहांले एउटै क्षेत्रमा कामगर्ने दुई पक्षविच समन्वयको अभाव रहदा पिडीतले समयमा उचीत न्यायको अनुभुति गर्न नपाउन सक्ने खतरा रहने भएका कारण दुईपक्ष विच समन्वय हुन जरुरी रहेको भारणा राख्नु भएको थियो ।
सभामा समाजका निर्वतमान केन्द्रिय सदस्य नागेन्द्र यादव लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

त्यसैगरी सामुदायिक मेलमिलाप कर्ता समाज नवलपरासीको ११औं वार्षीक साधारण सभा सम्पन्न् भएसंगै मेलमिलाप कर्ता समाज नवलपरासीले छलफल तथा अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न गरेको थियो ।
सो अवसरमा मेलमिलापको चुनौती र नितिगत समस्याहरु,स्थानिय निकायहरु लैङ्गिक र अपाङ्गमैत्री भए नभएको,न्यायीक समिति र मेलमिलाप कर्ताहरुका चुनौतीहरुसंगै हाल सम्म भएका प्रत्येक पालिकाहरुका मेलमिलाप कर्ताहरुले गरेका उपलब्धीहरुको रिपोटीङ्ग समेत गरीएको समाजका जिल्ला अध्यक्ष नारायण प्रसाद अधिकारीले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.