Jilla Ban Notis

३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी मनाईयो ।

0 58

कृष्ण ढकाल
बर्दघाट,मंसीर–१७
३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आज नवलपरासीका विभिन्न स्थानमा विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईएको छ ।

दिवस मनाउने क्रममा रामग्राम नगरपालिकाले आफ्नो कार्यालयको परिसरमा एक कार्यक्रमको आयोजनागरी अपांग जेष्ठ नागरिक ,जोडि अपांग र खेलाडी अपांगलाई सम्मान ,गरेको छ भने दृष्टिबिहिन उत्कृष्ट बिद्यार्थीलाई पुरस्कृत गर्नुका साथै अन्य गरीब अपांग बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरी ३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न् भएको थियो ।

यता
३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसकै अवसरमा बर्दघाट नगरपालिकाले पनि अन्तरक्रिया कार्यक्रम सम्पन्न् गरेको छ । अन्तरक्रिया कार्यक्रम बर्दघाट नगरपालिकाकी उप–प्रमुख मायादेवी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको थियो ।

सो अवसरमा बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्य, मनोज पंगेनी, ईन्सेक प्रतिनिधि नारायण पराजुली, रमेश श्रेष्ठ लगायतले आ–आफ्ना भनाईहरु राखनु भएको थियो ।
कार्यक्रममा बोल्ने बत्ताहरुले अपाङ्गता भएका ब्यक्तिहरुलाई हेला होईन सधैभरी मायाको ब्यबहार गर्नुपर्ने र उनीहरुका लागि अवसर सिर्जना गर्नुपर्ने मा जोड दिएका थिए । त्यसैगरी अपाङ्गता भएका ब्यक्तिहरुलाई हेर्ने दृष्टिकोण र सोंच परिवर्तन ल्याउनुपर्नेमा जोडदिएका थिए ।

बर्दघाट नगरपालिकामा अहिले सम्म ३ सय ४९ जनाले अपाङ्गता परिचपत्र बनाएको मा रातो कार्ड प्राप्त गर्ने ७३ जना, निलो कार्ड प्राप्त गर्ने १ सय ६२ जना, पहेलोकार्ड प्राप्त गर्ने ८१ जना र सेतो कार्ड प्राप्त गर्ने ३३ जना रहेको महिला तथा बालबालिका शाखाकी प्रमुख अप्सरा सुुवेदीले बताउनु भएके छ ।

Leave A Reply

Your email address will not be published.