Jilla Ban Notis

जिसन नवलपरासीको गायन तथा नृत्य प्रतियोगिता सम्पन्न ।

0 48

रामु भुसाल/ कृष्ण ढकाल

बर्दघाट,मंसीर–१७
शैक्षिक एक्यबद्धताको समुह जिसन नवपरासीको गायन तथा नृत्य प्रतियोगिता सिजन ८ सम्पन्न् भएको छ । शुक्रबार बर्दघाटमा सम्पन्न भएको प्रतियोगितामा गायन तर्फ फ्यूचर लाइट एकेडेमी परासीका छात्रा सिता यादव प्रथम फ्हुन सफल भएकीछन भने बसन्तपुर जेनिथ बासाका छात्र सुरज गुप्ता दोस्रो र लिटिल स्टेप अरुणखोलाका छात्रा हेमा थापा तेस्रो हुन सफल भएका छन् । त्यसैगरी द–पाइनियर सेकेन्डरी स्कुल सुनवलका छात्रा सानिया गौतमले सान्तवना स्थान हासिल सफल हुनु भएको छ ।

त्यस्तैगरी नृत्य तर्फ फ्यूचर लाइट एकेडेमी परासीको टिम प्रथम , द–पाइनियर सेकेन्डरी स्कुल सुनवलको टिम दोस्रो र होली केयर सेकेन्डरी पाल्डाँडाको टिम तेस्रो भएको छ भने सालबास सनराइज भुताहाको टिमले सान्तवना हासिल गरेको छ । गायन तथा नृत्य प्रतियोगितामा सफल सम्पूर्ण प्रतियोगिहरुलाई ट्रफि, प्रमाण–पत्र र मायाको चिनो प्रदान गरियको थियो ।

जिसन नवलपरासीका अध्यक्ष सन्तोष रौनियारको अध्यक्षता र शिक्षा विकास समन्वय ईकाई नवलपरासीका प्रमुख डोलराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको उक्त प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि पाण्डेले निजि विद्यालयहरुले किताबी ज्ञानलाई मात्र प्रथमिकता नदिई शिक्षाका साथ–साथै अतिरिक्त क्रियाकलापमा पनि आफ्ना विद्यार्थीहरुलाई अगाडी बढाइरहेको बताउनु भएको थियो ।
जिसन नवलपरासीले आफ्नो समुहमा आवद्ध विद्यालयका विद्यार्थीमा रहेको प्रतिभालाइ उजागर गर्ने वातावरण सिर्जना गरेको प्रति धन्यबाद दिदै अन्य सम्पुर्ण विद्यालयले सो कुराको सिको गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथीको रुपमा प्याब्सनका केन्द्रिय सदस्य एवं जिसनका सल्लाहकार यम बहादुर थापा, प्याब्सन जिल्ला अध्यक्ष ईन्द्र गुरुंग, बर्दघाट नगर शिक्षा शाखा प्रमुख ईन्द्र कुवंर, विनयी त्रिबेणी गाउपालिकाका शिक्षा शाखा प्रमुख भुपराज पाण्डे लगाएतले शैक्षिक गतिबिधि बारे आ–आफ्ना भनाइहरु राख्नु भएको थियो ।

जिसन नवलपरासीमा ४५ निजि विद्यालयको आबद्धता रहेको मा प्रतियोगितामा गायन तर्फ १९ बिद्यालयका बिद्यार्थी र नृत्य तर्फ २५ बिद्यालयका गरि प्रतियोगितामा ४४ टिमको सहभागिता रहेको जिसन नवलपरासीका अतिरिक्त क्रियाकलाप संयोजक विष्णु प्रसाद चौधरीले बताउनु भएको छ । जिसनका उपाध्यक्ष थमन शेरचनको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सचिव दिपक पौडेलले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.