Sarawal sit lahar Notis

नवलपरासीका पालिकाहरुले ५० प्रतिशत अनुदानमा गहुँको बिउ बितरणगर्दै

0 78

गौरीशंकर जयसवाल
परासी ३ मंसिर
पश्चिम नवलपरासीमा बेमौसमी बर्षाको कारण धानबालीमा क्षेती पु–याएका किसानहरुलाई गहँुको बिउ बितरण कार्य सुरु गरिएको छ । पालिकाहरुले बेमौसमी बर्षाको कारण धानबालीमा भित्राउने समयमै बेमौसमी बर्षाको कारण धानबालीमा क्षेती पु–याएका किसानहरुले समयमा गहँुको बिउ बितरण सुरु गरिएको हो ।
पालिकाहरुले समयमा गहुँको बिउ किसानहरुलाई उपलब्ध गराउदाँ यहाँ किसानहरुलाई राहत महासुस भएको रामग्राम –२का अर्जुन तेली बताए । अनुदानको बिउ लिन आईकी रामग्राम –३ की फगुनी थरुनीले धान काटेर भित्राउन ठिक पारेको अवस्थामा गत असोज आएको बेमौसीम बर्षाको कारण खेतमा धानमा क्षेती पुगेको र समयमा नगरपालिकाले समयमै अनुदानमा गहुँको बिउ दिएको भएपनि केही राहत महासुस पुगेको बताईन ।
रामग्राम नगरपालिकाले किसानहरुलाई अनुदानको गहुँको बिउ बितरण कार्य सुरु गरेको छ । बेमौसमी बर्षाको कारण धानबालीमा क्षेती व्यहोरेका किसानहरुलाई बिशेष सहुलियत रुवरुप र प्रथमिकता साथ गहँुको बिउ अनुदानमम बितरण कार्य सुरु गरेको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रुद्रप्रसाद रेग्मीले जानकारी दिए । नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाइ गहँुको बितरण गर्न सुरु गरिएको रेग्मीले बताए ।
नगरपालिकाले नगरभित्रका ९ सय १३ जना किसानहरुलाई ५० प्रतिशतमा गहँुको बितरण गरिने त्यसका लागि ३६ लाख बराबराको बिउ खरिद गरीएको नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए । तीन जातको गहुँको बिउ खरिद गरिएको जसमा बिजय ,भुकुटी र एनएल ९७१ जातको बिउ बितरण गरिएको गुप्ताले बताए ।
नगरपालिकाले ५० प्रतिशत अनुदानमा कुल ५ सय १४ क्बीन्टल गहुँको बिउ बितरण गरिने रामग्राम नगरपालिकाको कृषि शाखा प्रबिधिक सहायक उमेश कुमार धोबीले जानकारी दिए । ६ कठ्ठादेखी २० कठ्ठासम्म खेती गर्ने ४०केजीको बोरा,र २० कठ्ठादेखी माथिलाई ८० केजी बोरा गहुँको बितरण हुने कार्य भईरहेको धोबीले बताए । बजारमा २८ सय बोरा पर्ने गहुँ बिउलाई किसानहरुलाई १४ सय प्रतिबोरा भुक्तानी गरी लगेको नगरपालिकाले जनाएको छ ।

यस्तै पाल्हीनन्दन गाउँपालिकाले १३ सय किसानहरुलाई बितरण ५० प्रतिशत अनुदानमा गहुँको बिउ बितरण गरेको छ । गाउपालिकाले ३६ लाख ९६ हजारको गहुँको बिउ खरिद गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले जानकारी दिए ।
किसानलाई विजय र भुकुटी जातको बिउ बितरण गरिएको गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक)ले बताए । जिल्लामा करिब २९ हजार ९ सय ७५ हेक्टर क्षेत्रफलमा किसानहरु धान खेती गरिदै आएका छन ।

Leave A Reply

Your email address will not be published.