Bardaghat Na pa

नेकपा माओवादी केन्द्र नवलपरासीका ७४ वटै वडामा एकसाथ अधिवेशन हुदै

106

बर्दघाट,३ मंसीर

राष्ट्रिय सम्मेलनपूर्व तल्ला तहका कमिटीमा आन्तरिक निर्वाचन मार्फत नेतृत्व चुन्ने तयारीमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पश्चिम नवलपरासी का ७४ वटै वडामा शनिबार एकसाथ अधिवेशन गर्ने भएको छ।
अधिवेशनका लागि सङ्गठित सदस्यता वितरण, नवीकरण, निर्वाचन कमिटी निर्माण लगायत व्यवस्थापकीय तयारीका काम सकिएको माओवादी केन्द्र, जिल्ला समन्वय समितिका संयोजक भविश्वर तीवारी ले जानकारी दिनु भएको छ । सबै वडा र पालिकास्तरमा निर्वाचन कमिटी गठन भइसकेको तीवारी ले बतानु भयो ।

अधिवेशनबाट पाँच पदाधिकारीसहित २९ सदस्यीय नयाँ वडा कमिटी निर्वाचित हुनेछ । यसअघि नेकपा विभाजनपछिको अवस्थामा गत साउनमा वडा कमिटी पुनर्गठन भएका थिए । ती कमिटी अहिले अधिवेशन आयोजक कमिटीमा रुपान्तरण भएका छन् । स्थानीय तहमा यही मङ्सिर ११ गते र प्रदेशको अधिवेशन २५ गतेलाई तोकिएको तिवारीले जानकारी दिनु भयो ।