Jilla Ban Notis

सुस्ताभुमीमा संचारको पहुँच विस्तार गर्ने संचारमन्त्री शर्माको भनाई 

0 61

सुस्ता,कात्तिक २७

लुम्विनी प्रदेश सरकारका आन्तरिक मामिला तथा संचार मन्त्री तिलकराम शर्माले एतिहासिक भुमी सुस्तामा संचारको सहज पहुँच विस्तार गर्ने बताउनुभएको छ । सुस्तामा मोबाईल नेटवर्कको राम्रो पहुँच नभएका कारण नागरिकलाई अफ्ठेरो परेको भन्दै मोबाईल टावर राख्नका लागि आफुले पहल गर्ने शर्माले बताउनुभएको हो ।

प्रेस सेन्टर नेपाल नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री शर्माले बर्षौँ देखी विकासको अनुभुति गर्न नपाएका सुस्तावासीले संघियता आएपछि मात्र विकासको अनुभव गर्न पाएको उल्लेख गर्नुभएको थियो ।

सुस्तामा भएको सिमा विवादको विषय भने कुटनितिक रुपमानै समाधान गर्नुपर्ने शर्माको जोड रहेको थियो । पत्रकारहरुले सुस्ताका विषयलाई प्राथमिकता दिएर संचार माध्यममा स्थान दिनका लागि मन्त्री शर्माले आग्रह गर्नुभएको थियो ।

प्रेस सेन्टरको जिल्ला भेलामा बोल्दै नेकपा माओबादी केन्द्र नवलपरासी बर्दघाट सुस्ता पश्चिमका ईञ्चार्ज एवं पुर्व राज्यमन्त्री घनश्याम यादवले आफुहरुले निकै पहिले देखीनै सुस्ताबासीको पिडालाई महसुुस गर्दै आएको बताउनुभएको थियो । सुस्ताको समस्या सुस्ताबासीको मात्र नभएर सवै नेपालीको समस्या भएकोले राज्य स्तरबाटै सम्बोधन हुनुर्नेमा यादवको जोड रहेको थियो ।

अधिवेशनमा प्रेस सेन्टर नेपाल केन्द्रिय अधिवेशन आयोजक कमिटी सदस्य गोपी ज्ञवाली, नेकपा माओबाली केन्द्र दुम्विनी प्रदेश सल्लाहकार तथा बरिष्ठ साहित्यकार घनश्याम न्यौपाने परिश्रमी, प्रेस सेन्टर नेपाल केन्द्रिय अधिवेशन आयोजक कमिटी सदस्य रुद्रहरि कुँवर, पे्रस सेन्टर रुपन्देहीका अध्यक्ष कमल रायमाझी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

अधिवेशनले राजु पोखरेलको अध्यक्षतामा ११ सदस्यिय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । समितिको जिल्ला उपाध्यक्षमा चिरञ्जीवी न्यौपाने, महिला उपाध्यक्षमा सोनकली थारु, सचिवमा विष्णु खनाल सह सचिवमा रेशम अधिकारी, समावेशी सह सचिवमा पिपला अस्लामी लामिछाने मगर, कोषाध्यक्षमा रामकरण हरिजन निर्वाचित हुनुभएको छ ।

सदस्यहरुमा रचना चौधरी, गौतम कुमार हरिजन, पुरन हरिजन, सम्मन वि.क निर्वाचित हुनुभएको छ । अधिवेशनमा जिल्ला संयोजक राजु पोखरेलको अध्यक्षता, लुम्विनी प्रदेश सरकारका संचार मन्त्री तिलकराम शर्माको प्रमुख आतिथ्यता र चिरञ्जीवी न्यौपानेको स्वागत मन्तब्य हेको थियो ।

Leave A Reply

Your email address will not be published.