Bardaghat Na pa

५ लाख ७४ हजार ५ सय मुल्य बराबरको पटका बरामद गरी नष्ट

25

गौरीशंकर जयसवाल

परासी २२ कार्तिक

पश्चिम नवलपरासी प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट ५ लाख ७४ हजार ५ सय मुल्य बराबरको पटका बरामद गरी नष्ट गरेकोे छ । प्रहरीले भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवास्थामा सिमावर्ती क्षेत्रको बिभिन्न स्थानबाट उक्त परीमणको पटका बरामद गरि नष्ट गरेको हो ।

प्रहरीले सिमा क्षेत्र र बिभिन्न स्थानमा रहेको प्रहरी चौकी ईलाक प्रहरी कार्यालयबाट पटका बरामद गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक एव सुचना अधिकारी राजु लामाले जानकारी दिए । भारतबाट नेपाल तर्फ ल्याउदै गरेको बिभिन्न किसिमको पटका र झिलझीले बरामद गरि नष्ट गरिएको प्रहरी नायब उपरीक्षक लामाले बताए ।

राईट रोल क्याप्स, उज्यालो हाईड्रोफल, ग्राउण्ड चक्कर, फ्लोर पोटस सानो, फ्लोर पोटस ठुलो, झील झेले, लम्बा बुलेट, खुर्सानी लगायतका बिभिन्न किसिमका पटका तथा झिलझिले जनप्रतिनिधी, संचारकर्मी तथा स्थानिय व्यक्तीहरुको रोहबरमा जिल्ला प्रहरी कार्यालय परिसरमा खाल्डो खनि पुरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।