Sarawal sit lahar Notis

जिसन नवलपरासीद्धारा प्रशिक्षक प्रशिक्षण तालीम सम्पन्न् ।

0 151

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–१३
जिसन नवलपरासीले आफ्नो संस्थामा आवद्ध रहेका विद्यालयका शिक्षक–शिक्षिकाहरुका लागि एक दिने प्रशिक्षक प्रशिक्षण तालीम सम्पन्न् गरेको छ ।  संस्थाका अध्यक्ष सन्तोष रौनीयारको अध्यक्षता र संस्थाका सल्लाहकार ईन्द्र गुरुङ्गको प्रमुख आतिथ्यतामा तालीम समुद्घाटन कार्यक्रम सम्पन्न् भएको थियो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि गुरुङ्गले शिक्षकहरु दक्षहुनुका साथै विद्यार्थीहरुलाई बुझाउने र सिकाउने कला भएको हुन जरुरी रहेको बताउनु भएको थियो । उहांले शिक्षक दक्ष भएमात्र नहुने भएकाले विद्यार्थीहरुलाई सजिलैसंग बुझाउन र सिकाउन सक्ने शिक्षक तयार गर्नका लागि जिसनले प्रदान गर्ने तालीम महत्वपूर्ण रहनेमा आफु विश्वस्त रहेको समेत बताउनु भएको थियो ।
तालीम समुद्घाटन कार्यक्रममा जिशनका सल्लाहकार यम बहादुर थापा लगाएत जिशनमा आबध्द्ध विद्यालयका संचालक तथा प्रिन्सीपलहरुको उपस्थिती रहेको थियो ।

संस्थामा आवद्ध रहेका २५ वटा प्राथमिक तहका शिक्षक–शिक्षीकाहरुका लागि प्रदान गरीएको एक दिने तालीममा ६४ जनाको सहभागिता गरेको छ । जिसनका सचिव दिपक पौडेलको संचालन रहेको उक्त तालीममा सुनिता प्रजापतिले शिक्षक सिकाईको सहजीकरण गर्नु भएको थियो ।
जिशन नवलपरासीले हिजो भुमहिमा र आज बर्दघाटमा गरी दुई चरणमा आफ्नो पायक पर्ने गरी संस्थामा आवद्धरहेका विद्यालयहरुका विषय शिक्षक–शिक्षीकाहरुलाई तालीममा सहभागि भएराएको संस्थाका अध्यक्ष सान्तोष रौनियारले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.