Sarawal sit lahar Notis

नेकपा एमाले बर्दघाट नगर कमिटि अध्यक्षमा रविन्द्र विक्रम हमाल निर्वाचीत

0 92

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–१०
नेकपा एमाले बर्दघाट नगर कमिटिको प्रथम अधिवेबशनवाट वडा नम्वर ४ का रविन्द्र विक्रम हमाल २ सय ४९ मत प्राप्त गरी पार्टीको नगर अध्यक्षमा निर्वाचीत हुनु भएको छ । उहांले आफ्ना प्रतिष्प्रधी ईन्द्र गुरुङ्ग र लक्ष्मी बर्तौलालाई पछि पार्दै आफु पार्टीको नगर अध्यक्षमा निर्वाचीत हुन सफल हुनु भएको हो । नगर अध्यक्षमा निर्वाचीत हमाल बर्दघाट नगरपालिका वडा नम्वर ४ को वडाध्यक्ष समेत रहनु भएका छ । अध्यक्षका प्रत्यासी ईन्द्र गुरुङ्गले १ सय १५ मत र लक्ष्मी बर्तौलाले ६२ मत प्राप्त गर्नु भएको छ ।

त्यसैगरी उपाध्यक्ष पदमा बडा नम्वर १० का शिव देव न्यौपानेले १ सय ८९ मत प्राप्तगरी निर्वाचीत हुनु भएको छ । भने उहांका प्रतिस्प्रधि बाबुराम पौडेलले ९५ राजेश तिवारीले ६९ र देवेन्द्र बहादुर पोखरेलले ६४ मत प्राप्त गर्नु भएको छ ।

नगरकमीटीको सचिव पदमा बर्दघाट १३ का कृष्ण गौतमले २ सय ९५ मत प्राप्तगरी निर्वाचीत हुनु भएको छ भने उहांका प्रतिष्प्रर्धी सुबोध जागृत बुढाथोकीले १ सय २६ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै सह सचिवमा महिला तर्फ बर्दघाट ४ की गौमाया पराजुली निर्विरोध निवार्चीत हुनु भएको छ भने पुरुष तर्फ बर्दघाट ६ का देविदत्त सापकोटाले १ सय ४२ मत प्राप्त गरी विजयी हुनु भएको छ । त्यस्तै उहांका प्रतिष्प्रधिधन प्रसाद भट्टराईले १ सय २६,अर्जुन प्रसाद बस्यालले ४८,नवराज ढुगांनाले ४४ र विषण्ुा प्रसाद भण्डारीले ३९ मत प्राप्त गर्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.