Jilla Ban Notis

नवलपरासीमा २४ वर्षे युवाले वडाअध्यक्षको जिम्मेवारी पाए

0 38

सरावल ,कार्तिक–७
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रथम वडा अधिवेशनबाट पश्चिम नवलपरासी जिल्ला सरावल गाउँपालिका वार्ड न २ को वडामा २४ वर्षे युवाले वडाअध्यक्षको जिम्मेवारी पाएका छन् । सरावल पालिका वडा नम्बर २ को अधिवेशनबाट भाेलेनाथ काेईरी ( सन्जय माैर्य ) ले अध्यक्षको जिम्मेवारी पाएका हुन । सरावल गाउँपालिका वार्ड न २ को प्रथम वडा अधिवेशनबाट सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको हो । उहाँ पश्चिम नवलपरासी जिल्ला कै र सरावल पालिकाका ७ वटा वडा मध्ये वडा अध्यक्ष हुने सबैभन्दा कान्छाे हुनुहुन्छ ।

उहाँ नेकपा हुँदा वडा न २ काे वडा ईन्चार्ज थिए भने एमाले र माओवादी केन्द्र विभाजनपछि एमालेबाट वडाअध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नवलपरासीको प्रवत्ता एवं जिल्ला सह संयाेजक समेत जिम्मेवारी सम्हालिरहनु भएका सन्जय विद्यार्थी माझ समेत लोकप्रिय हुनु हुन्छ । ‘हाल दिव्यज्याेति वहुमुखि क्याम्पस चिसापानि मा स्नातक तह चाैथाे सेमेष्टरमा अध्ययनरत माैर्य भन्छन्, युवा पनि राजनीतिमा नेतृत्व गर्न सक्छन् भन्ने कुरालाई आत्मसात गर्दै मलाई वडाका सम्पूर्ण पार्टीका संगठित सदस्यहरुले सर्वसम्मत रुपमा निर्वाचित गराउनुभएको छ, ’पार्टी र जनताको लागि काम गर्नेछु ।

अग्रजहरुलाई सम्मान गर्दै आफू अगाडी बढ्ने उनको भनाइ छ । स्थानीय निर्वाचनमा र पार्टीका विभिन्न पदमा पार्टीका अग्रजहरुलाई साथ र सहयोग गर्ने उहाँले बताउनु भयो । प्रथम अधिवेशनबाट वडा नम्बर २ को उपाध्यक्षमा जमुना भुसाल , सचिवमा टिपराज राय , उपसचिवमा टेकनारायण हरिजन र विष्णु प्रसाद चाैधरी निर्वाचित हुनु भएको छ ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरावल गाउपालिका अन्तर्गत वडा नम्बर १ को अध्यक्षमा कृष्ण भुसाल , २ को अध्यक्षमा भाेलेनाथ काेईरी , ३ मा तुलसि राम ठाकुर, ४ मा सन्तराम साहानि , ५ मा विशुन वहादुर यादव र ६ मा ईशरायल हजाम नाउ र ७ मा ऋषिकेश मिश्रा निर्वाचित हुनु भएकाे नेकपा एमाले सरावल पालिका निर्वाचन समिति सदस्य दिनेश साहानिले जानकारी दिनु भयाे ।

Leave A Reply

Your email address will not be published.