Sarawal sit lahar Notis

टोल,गाउँ र वडामा नेकपा एमाले पार्टीलाई मज्बुत गर्नु पर्छ ः एमाले नेतृ सिन्धु जलेशा

0 67

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–७
टोल,गाउँ र वडामा नेकपा एमाले पार्टीलाई मज्बुत गर्नसके सिंगो नेपालमा नै नेकपा एमाले सतिसाल जस्तो मझबुद् पार्टी बन्ने नेकपा एमाले लुम्बिनी प्रदेश कमीटी सदस्य सिन्धु जलेशाले बताउनु भएको छ । शनिवार भएको नेकपा एमाले सुनवल नगरका वडा अधिवेशनहरुलाई सम्बोधन गर्दे नेतृ जलेसाले सो कुरा बताउनु भएको हो ।

उहांले अबको निर्वाचनमा फेरी पनि नेकपा एमालेलाई तिनै तहमा पहिलो पार्टी बनाएर लैजानका लागि टोल,गाउँ र वडामा नेकपा एमाले पार्टीका नेता कार्यकर्ताहरुमा एकताको खाँचो रहेको र जुन कुरा अहिले पाटीैको विद्यान महाधिवेशन पछि देश ब्यापी रुपमा लहरनै चलेको बताउनु भयो ।

अहिले एमालेका नेता कार्यकर्ताहरुको पार्टी प्रतिको जोस र जागरले अबको निर्वाचनमा संघ,प्रदेश र स्थानिय तह देखि वडा सम्म एमाले मयहुनेमा आफु विस्वस्त रहेको बताउनु भएको थियो ।
नेतृ जलेसाले कार्तिक ९ गते हुने नगर अधिवेशन र कार्तिक १२ गते चितवनमा हुने केन्द्रीय कमीटिको महाधिवेशनले नेकपा एमालेको जुझारु टिम बन्नेमा आफु विश्वस्त रहेको समेत बताउनु भएको थियो ।

सुनवल नगरमा भएका वडा अधिवेशनहरुको उद्घाटन सत्रमा नेकपा एमालेका जिल्ला उपाध्यक्ष डोलराज भण्डारी देखि प्रदेश कमीटीका सदस्यहरु सम्मको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.