sunwal

नेकपा एमाले बुटवल –६ को वडाकमीटी अध्यक्षमा राजकुमार भट्टराई

30

बुटवल,कार्तिक–७
नेपाल कम्युनिष्ट पार्टी एमाले बुटवल उ।प।न।पा। वार्ड नं ६ को प्रथम वार्ड अधिवेशनबाट राजकुमार भट्टराई अध्यक्ष मा निर्वाचीत हुनुभएको छ । शनिवार भएको वडा अधिवेशनवाट भट्टराई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन हुनु भएको हो ।

विगत लामो समयदेखि एमालेको संगठीत सदस्य रहेर पार्टीको संगठन विस्तार गर्ने देखि कार्यक्रममा समेत निक्कै क्रियाशील रहदै आउनु भएका भट्टराई पहिलो पटक एमाले वडा कमीटीको अध्यक्ष हुन सफल हुनुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी एमाले बुटवल उ।प।न।पा। वार्ड नं ६ को प्रथम वार्ड अधिवेशनबाट राजकुमार भट्टराई अध्यक्ष ,थानेश्वर अर्याल उपाध्यक्ष,संजय गुप्ता सचिव मा चयन हुनु भएको छ भने बैकुठ श्रेष्ठ र चुनु गाहा सह–सचिवमा चयन हुनु भएको छ । त्यसैगरी लक्ष्मी पाण्डे,रिम कुमारी श्रेष्ठ,ईसु देवकोटा,सोनु भण्डारी,शान्ता पाण्डे,गिता थापा,देवि कुमार श्रेष्ठ रामु क्षेत्री लगाएत चयन हुनु भएके नव निर्वाचीत वडाकमीटी अध्यक्ष राजकुमार भट्टराई ले बताउनु भएको छ ।