Jilla Ban Notis

बालुवाटारवाट बल्कोट पुराए अब यस्तै रहे रानितिवाटै बाहिर ः प्रचण्ड

पाल्हीनन्दन गाउँपालिकाको प्रमुख प्रशासनिक भवनको उद्धाटन

0 81

कृष्ण ढकाल
बर्दघाट,असोज–२३
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपि ओलीलाई बालुवाटारवाट बल्कोट पुराएको र अब यस्तै रहे रानितिवाटै बाहिर गर्ने बताउनु भएको छ । आज पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको प्रमुख प्रशासनिक भवनको उद्धाटन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनु भएको हो ।

ओलीले आफुहरुसंग एकता गर्दा धोका दिएकै कारण आज ओलीपक्षले लुम्बिनी र गण्डकी प्रदेशको सरकार गुमाएको प्रचण्डको भनाई रहेको थियो । अब यसरी नै केहि दिनमा अरु प्रदेशमा पनि ओली पक्ष सरकारवाट वाहिरेनी प्रचण्डको भनाई रहेको थियो ।

त्यसैगरी अहिले नेपालको तराईमा मुख्य समस्याका रुपमा रहेको नागरिकता समबन्धी समस्या केहीदिन भित्र समाधान हुने र चुनाव अगावै भुमिहिन तथा सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने काम अहिलेको वर्तमान सरकारले नै गर्ने बताउनु भएको थियो ।

पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकको अध्यक्षता र लेखा अधिकृत संजय श्रीवास्तवको संचालनमा भएको उक्त कार्यक्रमेगरीमा बोल्दै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद केसीले प्रदेश सरकार जनताहरुका समस्याको समाधान हुनेगरी विकास निमार्णका कामआ लागिपर्ने बताउनु भएको थियो ।

त्यसैगरी प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कंण्डेलले केन्द्रमा भएको राजनितिक गठबन्धनलाई स्थानिय तहमा समेत कार्यान्वयन गर्ने वातावरण सृजना गर्न नेता प्रचन्डसंग आग्रह गर्नु भएको थियो । त्यसैगरी पाल्ही र नन्दन तालको संरक्षणमा लागि पर्न आग्रह गर्नु भएके थियो ।

कार्यक्रममा बोल्दै पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकले करिव १० करोडको लागतमा बनाईएको प्रशासनिक भवनवाट जनतालाई सेवा दिन पाउदा आफु निक्कै खुशि भएको बताउदै भवन बनाउदा आफुले झेल्नु परेका तमाम मुद्दाहरु र समस्याहरुले आफुलाई अझै केहि गर्न सर्घष नै गर्न वाँकी रहेको अनुभुतिएको बताउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.