Jilla Ban Notis

पश्चिम नवलपरासीमा बजार अनुगमनकार्य तिव्र ।

0 46

कृष्ण ढकाल
बर्दघाट,असोज–२०

आसन्न चाडपर्वहरुलाई मध्येनजर गरी पश्चिम नवलपरासीमा बजार अनुगमन कार्यलाई तिव्र पारिएको छ । बजार अनुगमनका क्रममा आज सहायक प्रमुख जिल्ला अधिकारी एवं निरीक्षण अधिकारी जोरासिंह माझीको नेतृत्वमा नवलपरासीको बर्दघाट बजारमा अनुगमन गरीएको थियो । फेन्सी,खाद्यान्न्,होटाल तथा मिठाई पसल र मोवाईल पसलहरुमा बढी केन्द्रित भएर अनुगमन गरीएको अनुगमनका रहनु भएका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताउनु भएको छ ।

अनुगमनका क्रममा म्याद नाघेका अखाद्यय बस्तु,सेवा विस्तार गरेका तर अनुमति नलिएका पसल,गुणस्तरहिन खाद्ययवस्तु फेला परेको पाईएको थियो । प्रक्रिया नपुगेकालाई आवश्यक प्रक्रिया पुराउन र म्याद नाघेका तथा अखाद्यय बस्तु नष्ट गर्ने कार्य गरीएको थियो ।

बजार अनुगमन निरीक्षक एवं घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नेत्र प्रसाद भूषाल,उपभोक्ता हित संरक्षण मञ्चका पदाधिकारी, प्रहरी तथा पत्रकारहरुको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।

Leave A Reply

Your email address will not be published.