Jilla Ban Notis

प्रहरीले नागरिकसंग व्यवहारमा सुधार गर्नुपर्ने जरूरी ः डिआईजी आर्चाय

0 20

गौरीशंकर जयसवाल
परासी १९ असोज
लुम्बिनी प्रदेशका प्रहरी प्रमुख एवम प्रहरी नायब महानिरीक्षक९डिआईजी० मुकुन्द राज आर्चायले नागरिकहरूसंग गर्नुपर्ने व्यवहार र नागरिकले आपेक्षा गरेको प्रहरीसंग बोलिचालीमा आगामी दिन थप व्यवहारमा सुधार गर्नुपर्ने जरूरी रहेको बताउनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले निमार्ण गरेको अमर प्रहरीको स्मारको उद्घाटन गदै आर्चायले उक्तकुरा बताउनु भएको हो । प्रहरीले आफनो कार्य कुशलता आफ्नो कार्य सम्पादन जनतासंग गरिने व्यवहार लाई उच्च नमूनाका रूपमा देखाउन पर्नेमा जोड दिनु भएको थियो।
उहाले दशै तिहार छट पर्व र बिभिन्न धर्मवालिहरू आफ्नो तरिकाले चाडपर्व मनाउने भएकाले सबैको साम्मान गर्ने र कोभिड १९ महामारी आझै रहेकोले मापदण्ड पालन गराउदै आफ्नो योजना शान्ति सुरक्षा अमनचायन कार्य गर्न प्रहरीहरूलाई निर्देशन पनि दिनु भएको थियो।
डिआईजी आर्चायले सिमानाकाबाट हुने सक्ने कानुन बमोजिमको व्यापारलाई अप्ठ्यारो नगर्न , चेकजाँचमा र अनुगमनमा सहज बाताबरण मिलाउन मातहातका प्रहरीहरूलाई अग्रह गर्नु भएको थियो। ।
भारतबाट चाडपर्व भनेर आउन नागरिकहरूलाई कुनै झन्झट र कुनै किसिमको आप्ठारो प्रहरी कर्मचारीहरूले चेकजाँचको नाममा दुख नदिन पनि निर्देशन आर्चायले दिनु भएको छ ।
उहाले अबैध रूपमा आउने जाने वा चोरी निकासी हुने नाकामा काडाई गर्न, भन्सारकार्यालय र प्रहरीकको च्यानलबाट गैर बाटोबाट ल्याउने लैजाने चिजबस्तुहरूलाई कडाईका साथ चेकजाँच गर्न र प्रहरीले कानुन सम्बन्धि निकायमा बुझाउने मा आफु बिश्वास लिएको बताउनु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक मनोज कुमार यादवले तीन महिनाको अवधिमा ३ करोड ५० लाख बराबराको राश्वव संकलन गरिएको जानकारी दिनु भयो।उहांले प्रहरीले कुनै पनि हालतमा जिल्लामा तस्करी गर्न नदिने बताउदै चाडपर्वलाई मध्ये नजर गरि जिल्लाको सिमावर्ति क्षेत्र जिल्लाको सुरक्षा कडाई गरिएको बताउनु भयो ।
सो अवसरमा चोरी तस्कारीमा नियन्त्रण र रोकथाममा उत्कृष्टकार्य गरेकोलभन्दै दुई प्रहरी जवानलाई पुरस्कृत गरिएको डिएसपी राजुलामाले बताउनु भयो। उनको अनुसार प्रहरी जवान महेन्द्र यादव र नरेश कुर्मीलाई पुरस्कृत गरिएको लामाले जानकारी दिनु भयो

Leave A Reply

Your email address will not be published.