Jilla Ban Notis

अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा आज बर्दघाटमा मौन प्रर्दशन।

0 36

कृष्ण ढकाल
बर्दघाट,असोज–५
अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा आज बर्दघाटमा मौन प्रर्दशन भएको छ । मानब अधिकार तथा शान्ति समाज नवलपरासीले बर्दघाटको त्रिवेणी चोकमा एक घण्टा मौन प्रर्दशन गरेको शान्ति समाज नवलपरासीका उपाध्यक्ष तथा सो कार्यक्रमका संयोजक दिनेश न्यौपानेले जानकारी गराउनु भएको छ ।

मानब अधिकार तथा शान्ति समाज नवलपरासीका अध्यक्ष सन्तोष अधिकारीको अध्यक्षता र जिल्ला सल्लाहकार प्रेम नारायण न्यौपानेको  आतिथ्यतामा भएको मौन प्रर्दशन कार्यक्रमको संचालन सचिव गणेश न्यौपानेले गर्नु भएको थियो ।

आणविक अस्त्ररहित विश्वका लागि आणविक अस्त्र भन्ने मूल नाराका साथ आज शान्ति दिवस मनाइएको थियो । निषेध सन्धि शिध्र अनुमोदनको माग सहित मानब अधिकार तथा शान्ति समाजले नेपालका विभिन्न स्थानमा आज शान्ति दिवस मनाएको थियो ।

आणबिक अस्त्रको होडबाजिमा लागेका राष्ट्र हरु ,अमेरिका , रुस ,चिन , उत्तर कोरिया, बेलायत, फ्रान्स ,भारत , पाकिस्तान र इजरायल ,नेपाल लगायतका राष्ट्रलाई आणबिक अस्त्र बिरुद्धको सन्धि शीघ्र अनुमोदन गर्न आग्रह गरिएको थियो ।

मुलुकमा लामो समयसम्म चलेको द्वन्द्व व्यवस्थापनका लागि राज्यले विषेश सक्रियता देखाउनु पर्ने र द्वन्द्वपीडितलाई सामाजिक न्याय दिन नसकिए शान्ति प्रक्रिया सफल भएको मान्न नसकिने मानब अधिकार तथा शान्ति समाजले जनाउदै आएको छ ।

Leave A Reply

Your email address will not be published.