Jilla Ban Notis

अखिल क्रान्तिकारी नवलपरासीको जिल्ला सम्मेलन सम्पन्न ।

0 80

कृष्ण ढकाल
बर्दघाट–२८
अखिल क्रान्तिकारी नवलपरासी जिल्लाको जिल्ला सम्मेलन आज भुमहिमा सम्पन्न भएको छ । भुमहिमा भएको उक्त सम्मेलनले सन्दिप सुनारको अध्यक्षतामा ५१ सदस्य नयां कमीटी निमार्ण गरेको छ ।
जस्को उपाध्यक्ष मा अजय हरिजन र सुजन ढकाल ,सचिबमा सन्देश कोईराला ,सह–सचिबमा सुशील प्रसाद पन्थी र मानश बिक्रम क्षेत्री रहेका छन भने कोषाध्यक्षमा उमा तिवारी रहनु भएको अखिल क्रान्तिकारीका नेता विशाल गिरिले जानकारी दिनु भएको छ ।

जिल्ला सम्मेलन संगठनका अध्यक्ष विशाल गिरिको अध्यक्षता र संगठनका महासचिब उत्तम अधिकारिको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको थियो । कार्यक्रममा माओबादी केन्द्रका नवलपरासी जिल्ला अध्यक्ष भबिस्वर तिवारी ,प्रदेश सदस्य सुर्य न्यौपाने ,रमेश बस्याल लगाएतका नेताहरुको उपस्थिती रहेको थियो ।

शिक्षा ,स्वास्थ्य र रोजगारको लागि हाम्रो आन्दोलन १ रास्ट्रीय स्वाधिनता र सामाजिक न्यायको पक्षमा १६ औ जिल्ला सम्मेलन ११ भन्ने मुल नाराका साथ अखिल क्रान्तिकारी नवलपरासी जिल्लाको जिल्ला सम्मेलन सम्पन्न् भएको हो ।

Leave A Reply

Your email address will not be published.