Sarawal sit lahar Notis

विप्लव समुहद्धारा बर्दघाटमा एम.सि.सि.को विरोध,चिसापानी जग्गाकब्जा गर्नेलाइ कार्वाही गर्ने चेतावनी ।

0 24

बर्दघाट ,भदौ २४
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नवलपरासीको बर्दघाटमा एमसिसि सम्झौताको बिरोध गर्दै कोणसभा सम्पन्न गरेको छ ।
नेकपा बर्दघाट नगर कमिटीले बुधवार बर्दघाट चोकमा एमसिसी सम्झौताको विरुद्ध बिरोध गर्दै कोणसभा गरेको थियो । कोणसभालाई सम्बोधन गर्दै नगर कमिटी सदस्य गणेशलेूअमेरिकी सहयोग एमसिसी सम्झौता देशको हितका नरहेको भन्दै खारेज गर्न माग गरेका थिए ।
एमसिसी देश भन्दा माथि राखेर सम्झौता गरीएकोले कुनै पनि हालतमा खारेजका लागि अपिल गरेका थिए कथमकदाचित पास भएमा नेतालाई कार्वाही गर्ने चेतावनी दिएका छन। गणेशले फरक प्रसंगमा बोल्दैूबर्दघाट चिसापानीमा रहेको जग्गामा कसैले हस्तक्षेप नगर्न आग्रह गर्दै अवैधानिक तरिकाले जग्गा कब्जा गर्न खोज्नेलाइ कार्वाही गर्ने चेतावनी दिएका छन।

कोणसभाको कार्यक्रम संचालन विघटनले गर्नु भएको जिल्ला सचिवालय एवं बर्दघाट नगर इन्चार्ज प्रतापले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.