sunwal

बर्दघाटमा एम.सी.सी.विरुद्ध कालो झण्डा सहित प्रदर्शन ।

52

बर्दघाट,भदौं–२४
नेकपा  क्रान्तिकारी माओवादी  र देशभक्त जनगणतन्त्रिक मोर्चा पश्चिम नवलपरासीले एम.सी.सी परियोजना विरुद्ध बुधवार बर्दघाटमा कालो झन्डा सहित प्रदर्शन गरेको छ । बर्दघाटको शान्तिनगरचोकबाट कालोझन्डा प्रदर्शन सहित निस्किएको र्याली चिसापानी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
एमसिसि खारेज गर १ वैदेशिक हस्ताक्षेप बन्द गर ११ लगायतका नाराबाजी गर्दै निकालिएको जुलुस पछिको कोणसभामा बोल्ने बक्ताहरुले एमसिसि रास्ट्र बिरोधी रहेको बताएका थिए । कार्यक्रममा क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य चुडामणि भण्डारीले वैदेशिक हस्तक्षेपको बिरुद्ध देशभक्तहरु एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रम देशभक्त जनगणतान्त्रिक मोर्चाका नेता रामचन्द्र पोखरेलको संचालनमा भएको थियो । क्रान्तिकारी माओवादिले एम सि सिको विरुद्ध चरण बद्द आन्दोलन गर्ने जनाएको छ ।