Jilla Ban Notis

नेकपा एमाले नवलपरासीको अध्यक्षमा तुलसी पासी ,कृष्ण पाण्डेले सनाखत फिर्ता लिए

नेकपा एमाले नवलपरासीको अध्यक्षमा तुलसी पासी र एस पार्टीको नवलपरासीमा १ जनामात्र जनप्रतिनिधि

0 32

कृष्ण ढकाल/गौरीशंकर जयसवाल

नेकपा एमाले पश्चिम नवलपरासीको अध्यक्षमा तुलसी पासी चयन हुनुभएको छ । नेकपा एमाले पार्टीमा भएको केन्द्रिय विवाद समाधानका लागि गठित कार्यदलले गरेको १० बुँदे सहमति अनुसार पश्चिम नवलपरासीमा पार्टीको नेतृत्वमा फेरबदल गरीएको छ ।

नेकपा एमाले पार्टी कमिटीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने गरी भएको निर्णयको पालना गर्दै नेकपा एमाले पश्चिम नवलपरासीले आज पार्टीको नेतृत्वमा फेरबदल गरेको नेकपा एमालेका निर्वमान जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले बताउनु भएको छ ।

पार्टीको समस्या समाधान गर्दै, भ्रम र अलमलमा परेका साथीहरुलाई पनि ल्याउँदै पार्टीलाई मजबुत बनाएर जानका लागि नेकपा एमाले पश्चिम नवलपरासीले पार्टीको नेतृत्वमा फेरबदल गरीएको नेता अधिकारीले गाउँले दर्पण अनलाईनलाई जानकारी दिनु भएको छ।

पार्टीको नेतृत्वमा फेरबदल गरेसंगै नेकपा एमाले पश्चिम नवलपरासीको अध्यक्षमा तुलसी पासी ,उपाध्यक्षमा डोलराज भण्डारी,सचिवमा थान प्रसाद गैरे र सह–सचिवमा राजन आचार्य रहनु भएको छ ।

जेष्ठ २ अघि नेकपा एमाले  जिल्ला कमीटी  ?

 

नेकपा एमाले नवलपरासीमा  जेष्ठ २ अघि ८२ जनाको जिल्ला कमीटी रहेको थियो । अहिले पार्टी भित्रको अन्तरीक विवादपछि अर्काे पार्टी दर्ता गरेर नेकपा एकिकृत समाजवादी बनाएसंगै जिल्ला कमीटीका केहि नेताहरु नेकपा एकिकृत समाजवादी तर्फ लागेका छन् ।

नेकपा एकिकृत समाजवादी तर्फ जानेहरुमा कुमार आले,कृपालाल यादव,सरीता पौडेल,रामु गिरी राम नरेश केवट,गंगा अधिकारी,यज्ञ खनाल लगाएतका केहि नेताहरु रहेको बुझिएको छ ।

त्यसो त दुई ठुला प्रभावशाली नेताका रुपमा रहेका टेकनारायण उपाध्य कान्ग्ेसमा प्रवेस गर्नु भएको छ भने अर्का प्रभावशाली नृेता शिवलाल कंडेलको कोरोनाका कारण मृत्यु भएको छ।

पश्चिम नवलपरासीमा एक जना जनप्रतिनिधि बाहेक सबै जनप्रतिनिधि नेकपा एमाले पार्टीमै

नेकपा एकिकृत समाजवादीको पक्षमा अहिले सम्म नवलपरासी जिल्लामा एक जना जनप्रतिनिधिले मात्र सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय नवलपरासीले जनाएको छ ।
निर्वाचन कार्यालयका अनुसार दुई जना नेकपा एकिकृत समाजवादीको अहिलेसम्म सनाखत गरेको मध्ये एक जना जनप्रतिनिधिले आज सनाखत फिर्ता लिएसंगै अब नवलपरासी जिल्लमा नेकपा एकिकृत समाजवादीको पक्षमा एक जना जनप्रतिनिधिले मात्र सनाखत गरेका छन् ।

नेकपा एकिकृत समाजवादी पार्टीमा एक्लो जनप्रतिनिधिका रुपमा रहनेमा बर्दघाट नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाई रहेको नेकपा एमालेका जिल्ला कमिटी सह–सचिव राजन अर्चायले जानकारी दिनु भएको छ ।

अर्चायका अनुसार नेकपाएमालेबाट पश्चिम नवलपरासीमा नगरपालिका र गाउँपालिकामा १ सय २५ जना जनप्रतिनिधि रहेका छन । पश्चिम नवलपरासीमा सात वटा स्थानिय तह मध्ये ३ वटा नगरपालिका र ४ वटा गाउँपालिका रहेका छन ।
नेकपा एमालेबाट बर्दघाट नगरपालिकामा ५३ जना,सुनवल नगरपालिकामा ४६,रामग्राम नगरपालिकामा ८ सुस्तागाउँपालिका १७ सरावल गाउँपालिका १ जना गरि कुल १ सय २५ जना जनप्रतिनिधिमा निर्वाचित भएको सह–सचिव अर्चायले बताउनु भएको छ ।

यता नेकपा एकिकृत समाजवादीमा सनाखत गरेका बर्दघाट नगरपालिका वडा नम्बर २ का वडा सदस्य कृष्ण पाण्डेले सनाखत फिर्ता लिनुभएको छ । सोमबार बर्दघाट वडा नम्बर ९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाई संगै निर्वाचन कार्यालयमा पुगेर नेकपा एकिकृत समाजवादीको पक्षमा सनाखत गर्नुभएका पाण्डेले मंगलबार निर्वाचन कार्यालय पुगेर सनाखत फिर्ता लिनुभएको हो ।

पाण्डेले सनाखत फिर्ता लिए पछि पश्चिम नवलपरासी जिल्लामा एकिकृत समाजवादीको पक्षमा एक जना मात्र जनप्रतिनि हुन पुगेको छ । दल सनाखतको समय आज साँझ ५ बजे सम्म मात्र रहेको निर्वाचन आयोगले जनाएको छ ।
नवलपरासीमा अहिले सम्म सुनवल नगरपालिकाका कार्यपालिका सदस्य अर्जुन सुनार मात्र समाजवादीमा गएको बुझिएको छ ।

संघिय र प्रदेशका जनप्रतिनिधिहरुको अवस्था ?

केन्द्र अर्थात संघिय संसदमा पश्चिम नवलपरासी क्षेत्रनं. १ वाट सुर्य चिन्ह लिएर हृदेश त्रिपाठी विेजयी हुनुभएको थियो भने नवलपरासी क्षेत्रनं. २ वाट नेपाली कान्ग्रेसका देवेन्द्र राज कंडेल विजयी हुनु भएको थियो ।
त्यस्तै
नवलपरासी क्षेत्रनं. १ क वाट नेकपा एमालेका दिपेन्द्र कुमार अधिकारी विजयी हुनुभएको थियो । उहां नेकपा एमाले नवलपरासी जिल्लाको निर्वतमान अध्यक्ष समेत रहनु भएको छ ।
नवलपरासी क्षेत्रनं. १ ख वाट प्रदेशमा सुर्य चिन्हलिएर हृदेश त्रिपाठी को स्वतन्त्र समुहवाट अजय शाही विजयी हुनु भएको थियो जो अहिले लुम्बिनी प्रदेशको बहालवाला मन्त्री रहनु भएको छ।
त्यस्तै
नवलपरासी क्षेत्रनं. २ क वाट निर्वतमान प्रदेश मन्त्री बैजनाथ चौधरी विजयी हुनु भएको थियो जो नेकपा एमालेमै रहनु भएको छ भने नवलपरासी क्षेत्रनं. २ ख वाट नेपाली कान्ग्रेसका बैजनाथ चौधरी विजयी हुनु भएको थियो।
त्यसैगरी राष्ट्रिय सभा सदस्यमा सिफारीस हुनुभएका राष्ट्रिय सभा सदस्य रामलखन हरिजन पनि नेकपा एमालेमा नै रहनु भएको छ ।

Leave A Reply

Your email address will not be published.