गौरीशंकर जयसवाल
परासी २१ भदौ
पश्चिम नवलपरासीमा बाढिबाट प्रभावित भएका घरपरिवारहरूलाई राहत समाग्री बितरण गरिएको छ । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा बाढिबाट प्रभावित भएका घरपरिवारहरूलाई राहत समाग्री बितरण गरिएको हो ।
युनिफेस नेपालको सहयोग तथा नेपाल रेडक्रस सोसाईटी रामपुरखडौना उपशाखाको सहकार्यमा सरावल गाउँपालिकामा बाढिबाट प्रभावित भएका घरपरिवारहरूलाई राहत सामाग्री बितरण गरिएको नेपाल रेडक्रस सोसाईटी रामपुरखडौना उपशाखका सभापति सुभान अन्सारीले जानकारी दिए ।
सरावल गाउँपालिकामा वडा न ५,६र ७का बाढिबाट प्रभावित भएका ११० जना घरपरिवारहरूलाई राहत सामाग्री बितरण गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीका सभापति राजेन्द्रप्रसाद अग्रहरीले बताए ।
बाढिबाट प्रभावित भएका घरपरिवारहरूलाई त्रिपाल,कम्बल,जग,माक्स बाल्टी लगायतको राहतसामग्रि बितरण गरिएको उपशाखाले जनाएको छ ।
नेपाल रेडक्रस सोसाईटी रामपुरखडौना उपशाखका सभापति सुभान अन्सारीको अध्यक्ष तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सभापति राजेन्द्रप्रसाद अग्रहरीको प्रमुख अतिथ्यतामा उक्त राहत सामाग्री बितरण गरिएको थियो ।