Bardaghat notish

अखिल(क्रान्तिकारी)लुम्बिनी क्षेत्रीय समन्वय समितिको बैठक सम्पन्न ।

165

भदौ १७

विप्लव नेकपा निकट अखिल(क्रान्तिकारी)लुम्बिनी क्षेत्रीय समन्वय समितिको १६ औं पुर्ण बैठक नवलपरासीमा सम्पन्न भएको छ। नेकपाका केन्द्रिय सदस्य धुर्वको प्रमुख आथित्यतामा भएको कार्यक्रमको अध्यक्षता संगठनका केन्द्रिय सचिवालय सदस्य एवं लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र विकले गर्नु भएको थियो।

बैठक आगामी असोज ६,७,८ गरे हुने राष्ट्रिय सम्मेलन तयारी स्वरुप बसेको हो । बैठकले आगामी आन्दोलन कार्यक्रम तयार पनि गरेको छ। सांगठनिक गतिविधि तथा संगठन निर्माणलाई तिब्रता दिदै पेट्रोलियम पदार्थको मुल्य वृद्धिको भन्डाफोर कार्यक्रम र सामुदायिक एवं निजि बिधालयले लिएको अनावश्यक मनोमानी शुल्कको बिरोधका कार्यक्रम अगाडि बढाउदै जाने निर्णय भएको केन्द्रिय एवं रुपन्देही इन्चार्ज रुपा बुढाले बताइन।

बैठकमा लुम्बिनी समन्वय समिति अन्तर्गतका जिल्ला अध्यक्षहरुले जिल्लाको सांगठनिक रिपोर्टिङ गर्नु भएको थियो। बैठक नेकपा केन्द्रिय सदस्य एवं नवलपरासीरनवलपुर इन्चार्ज धुर्व,नवलपरासीका सेक्रेटरी धिरज,संगठनका केन्द्रिय सदस्य एवं लुम्बिनी समन्वय समितिका संयोजक बिरेन्द्र विक,केन्द्रिय सदस्य एवं रुपन्देही इन्चार्ज रुपा बुढा लगायतको उपस्थित रहेको थियो ।