Sarawal sit lahar Notis

एमालेको दशौं महाधिवेशन मंसिर दोस्रो साता हुने

0 13

८ भदौ, काठमाडौं

नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर दोस्रोमा गर्ने भएको छ ।  माधवकुमार नेपाल समूहमा रहेका, तर नयाँ पार्टीमा नगएका १० जना स्थायी कमिटी सदस्यहरु समेत सहभागी भएको स्थायी कमिटी बैठकले १० बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनका लागि कार्यदल बनाएको छ

साथै महाधिवेशन र विधान सम्मेलनको मिति समेत तोकेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार मंसिर १०, ११ र १२ गते पार्टीको दशौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय भएको छ । त्यसअघि कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन हुनेछ ।

त्यसअघि असोज ४, ५ र ६ गते विधान अधिवेशन हुने छ । विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजबारे छलफल गर्न भदौ २५ र २६ गते स्थायी कमिटी र २७ र २८ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको ज्ञवालीले जानकारी दिए ।

साथै असोज मसान्तसम्म सदस्यता नवीकरण गर्ने  पनि स्थायी कमिटी बैठकले गरेको छ । २ जेठ २०७५ मा कायम रहेका सदस्यहरु, त्यसपछि थप भएका र एकता प्रक्रियामा आएका कार्यकर्ताको पनि सदस्यता नवीकरण गरिने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।  @ अनलाईन खवर

Leave A Reply

Your email address will not be published.