Sarawal sit lahar Notis

३ लाख १५ हजार मुल्य बराबरको कुखुरा तथा मालसामान बरामद

0 33

कृष्ण ढकाल
बर्दघाट,भदौं–४
नवलपरासी (पश्चिम) प्रहरीले आज ३ लाख १५ हजार मुल्य बराबरको अवैध बोईलर कुखुरा तथा मालसामान बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको र नेपालबाट अवैध रुपमा भारततर्फ लैजादै गरेको अंन्दाजी ३ लाख १५ हजार १ सय २ मुल्य बराबरको बिभिन्न मालसामान तथा अवैध वोईलर कुखुरा बरामत गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी राजु लामाले जानकारी गराउनु भएको छ ।

भारतबाट भन्सार छलि अवैध रुपमा ल्याउदै गरेको अन्दाजी २ लाख ३५ हजार मुल्य बराबरको कुखुराका चल्ला लेडिज कुर्ता सुरुवाल,लेगिज, साडी लगायतका थान कपडा ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बरामत गरेको थियो ।
बर्दघाट नगरपालिका वडा नं. ४ त्रिवेणी चोकबाट कुखराका चल्ला बोकी ल्याएको लु २ च ६८९८ नं. को पिकअप जिप र कुखरा धनीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बर्दघाट नगरपालिका वडा नं.४ बस्ने सुमित काउचा मगर समेतलाई पक्राउ गरी आवश्यक कारबाहीको लागी पशु क्वारेन्टाईन महेशपुर पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी राजु लामाले जानकारी गराउनु भएको छ ।

त्यसैगरी भारतबाट अवैध रुपमा ल्याउदै गरेको ग्यास चुलो अन अफ गर्ने बटम ,पाईप , रेगुलेटर , स्क्रु प्याकेट, प्रेशर कुकरको नट, बोल्ट, रबर , बनस्पती घ्यु र लेडिज
सुट ईलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरी टोलीले नवलपरासीको पाल्हीनन्दन गाउंपलिका वडा नं.२ भक्सीपुरबाट बरामद गरेको छ ।
बरामद गरीका सामानहरु अन्दाजी ५९ हजार ७ सय २८ रुपैया मुल्य बराबरको रहेको जनाईएको छ ।

त्यस्तै नेपालबाट भारततर्फ अवैध रुपमा लैजादै गरेको किसमिस लेखेको ४ कार्टुन र दादा लेखेको ४ कार्टुन मादक पदार्थ (रक्सी), २० लिटर पेट्रोल र ७४ लिटर
डिजेल समेत प्रहरी चौकी गुठीप्रसौनीबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गांउपलिका वडा नं.७ सुर्यपुराबाट बरामद गरेको जनाएको छ । उक्त बरामद सामानको
मुल्य २० हजार ३ सय ७४ बराबरको जनाईएको छ ।
आज बरामद भएका मदिरा,पेट्रोल,डिजिल, बिभिन्न कपडा लगायतका मालसमानहरु सबै आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय
बुझाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी राजु लामाले जानकारी गराउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.