Jilla Ban Notis

माछा र दाउरा संकलन गर्न गएका दुई जना बेपत्ता

0 50

महेश यादव

भदौ ३

पश्चिम नवलपरासीको सुस्तामा डुङ्गा डुब्दा दुई जना बेपत्ता भएका छन । सुस्ता गाउँपालिका वडा नम्बर ३ रेवामा डुङ्गा डुब्दा दुई जना बेपत्ता भएका हुन। सुस्ता स्थित नारायणी नदिमा गएका डुङ्गामा सवार रहेको पाँच जना मध्य दुई जना बेपत्ता भएका छन ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार डुङ्गामा सवार तीन जना डुङ्गा डुबेपछि पौडि खेलर बाच्न सफल भएका सुचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिनुभएको हो । बेपत्ता भएको दुई जना मध्ये एक जना भारतको विहार प्रदेशको भैसालोटन बस्ने ३० वर्षीय दसरथ कोइरी रहेका छन । भने अर्को सुस्ता गाउँपालिका वडा नम्बर (३ रेवा बस्ने मगंल विन रहेका सुचना अधिकारी लामाले जानकारी दिए ।

नारायणी नदिमा माछा मार्न र दाउरा संकलनका लागि नदिमा गएका पाँच जना मध्य दुई जना बेपत्ता भएका हुन । स्थानीयले डुङ्गा डुबेपछि प्रहरीलाई ढिलो खबर दिएकोले हाल सम्म बेपत्ता हुनेको केही अवस्था पत्ता लाग्न सकेको छैन ।

उनीहरु माछा मार्न र दाउरा संङ्कलनका लागि नदीमा गएका थिए । विहान डुङ्गा डुवेपनि स्थानीयले ढिलो गरी मात्र प्रहरीलाई खबर गरेका कारण खोजी कार्य ढिलो गरी मात्र सुरु भएको प्रहरीले जनाएको छ । काठको भरिया बोकेर किनार तर्फ आउने क्रममा भार थेग्न नसक्दा डुङ्गा डुबेको प्रत्यक्षदर्शीले बताएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.