Holi care school

१० बर्ष कैद र १ लाख जरीवाना तोकिएका फरार अभियुक्त ३ वर्ष पछि पक्राउ ।

75

कृष्ण ढकाल
बर्दघाट,साउन–३०
१० बर्ष १ महिना ८ दिन कैद र एक लाख जरिवाना तोकिएका फरार अभियुक्तलाई नवलपरासी प्रहरीले ३ वर्ष पछि पक्राउ गर्न सफल भएको छ ।
नवलपरासी जिल्ला अदालतबाट २०७५ साल जेष्ठ ३० गते लागुऔषध मुद्धामा फैसलाभई जरीवाना सहित कैद सजाय तोकिएका प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने २२ वर्षीय ईन्द्रिजित बिन आज बल्ल पक्राउ परेका हुन् ।
३ बर्षदेखि फरार रहेका अभियुक्त विनलाई आज जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको टोलीले पूर्वी नवलपरासीको विजयी त्रिवेणी गाउँपालिका–२ बाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिनुभयो ।
पक्राउ परेका बिनलाई आवश्यक कारवाहीको लागि आईतबार नवलपरासी जिल्ला अदालतमा पेश गरिने डिएसपी लामाले बताउनुभयो ।