Jilla Ban Notis

एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामबाट बिपक्षी दल डराएर ः मन्त्री चौधरी

बिपक्षी दल सरकार ढलाउने चलखेलमा लागे ः मन्त्री बैजनाथ चौधरी

0 55

गौरीशंकर जयसवाल

परासी २६ साउन
एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामबाट डराएर बिपक्षी दल सरकार गिराउन लागेको लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजाना मन्त्री बैजनाथ चौधरीले बताउनु भएको छ । अन्य प्रदेश सरकार भन्दा लुम्बिनी प्रदेश सरकार बिकास खर्चमा उत्कृष्ट प्रदेशको रुपमा मानिएकोले बिपक्षीले डराएर सरकार ढलाउने चलखेल गरिरहेको बताउनु भयो ।

आज पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपलिकाको वाड नं ३ मा निर्माण गरिएको नवनिर्मित्ति बहुउश्यिय सभाहलको उद्घाटन गदै मन्त्री चौधरीले उक्त कुरा बताउनु भएको हो । उहांले अदालतको फैसाल अनुसार प्रदेश सरकार अगाडी बढ्ने बताउदै बिपक्षी दलहरुले सत्ता ढलाउन सांसदहरुलाई किनबेच गर्ने चलखेल गरेको आरोप पनि लगाउनु भयो ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री चौधरीले कर्मचारी,गाउँपालिका ,नगरपालिकाका अध्यक्ष, नगरप्रमुख र सदस्यहरुलाई प्रशिक्षण दिनको लागि लुम्बिनी प्रदेश सरकारले नेपालगन्जमा प्रशिक्षण प्रतिष्ठान निमार्ण गर्न लागेको समेत बताउनु भयो ।

प्रदेश सरकारले शिक्षा ,स्वास्थ्य खानेपानी र कृषिमा बिशेष जोड दिएर लागनी गरीएको बताउदै सामज परिर्वतन गर्नको निम्र्ती उच्च शिक्षा हासिल गर्न जरुरी रहेको मन्त्री चौधरीले बताउनु भयो ।

पाल्हीनन्दन गाउँपालिका सिमवार्ती क्षेत्रमा रहेका कारणले छोरीहरुलाई स्कुल नपढाउने चलन रहेकोले गाउँपािलकाले छोरी पढाउने अभियान संचालन गर्न जरुरी रहेको बताउदै लुम्बिनी प्रदेश सरकारले बहुउश्यिय हल निमार्ण गर्नको लागि सबै स्थानिय तहरुलाई बजेट दिएको बताउनु भयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता दिपकले सभाहल निमार्ण भएपछि गाउँपालिकाको गोष्ठी सेमीनार गर्न सहज भएको बताउनु भएको थियो । गाउँपालिका बाहेक पनि अरु संघसंस्थाहरुलाई पनि सहज भएको गुप्ताले बताउनु भयो ।

लुम्बिनी प्रदेश सरकार ६३ लाख ५० हजार र पालिकाको ६३ लाख ५० हजार गरी कुल १ करोड २७ लाखको लागनी बहुउश्यिय सभाहल निमार्ण गरिएको गाँउपालिकाका प्रमुखप्रशासकिय अधिकृत श्रीप्रसाद गौतमले बताउनु भएको थियो । कार्यक्रममा गाउँपालिकाको वडान ३ का वडाअध्यक्ष गोधन हरिजन, लेखापाल संन्जय शर्मा लागायत आफनो धारण राखेका थिए ।

Leave A Reply

Your email address will not be published.