Jilla Ban Notis

जनजातीहरुमा शैक्षिक तथा राजनितिक चेतनाको कमी भयो ः तुलाराम घर्ति मगर( बसन्त)

0 40

कृष्ण ढकाल
बर्दघाट,साउन–२६
शैक्षिक तथा राजनितिक चेतनाको कमी भएकै कारण नेपालका जनजातीहरु पछि परेको लुम्बिनी प्रदेश सभा सदस्य तुलाराम घर्ति मगर( बसन्त)ले बताउनु भएको छ । उहांले शैक्षिक तथा राजनितिक नेतृत्वमा जनजातीहरु आउन नचाहने बरु भर्ती भएर लाहुरे हुने सोंचका कारण जनजातीहरु पछि परेको बताउुन भएको छ ।

नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् नवलपरासीले आयोजना गरेको २७ औं विश्व आदिवासी दिवस तथा प्रशिक्षण मुलक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद रानाले उक्त कुरा बताउनु भएको हो ।

सांसद घर्ति मगरले ब्राह्मण क्षेत्रीहरु शैक्षिक तथा राजनितिक नेतृत्व लिन कम्मर कसेर लाग्ने र लिने भएकै कारण उनीहरुले आफ्नो समुदायको हक र अधिकार स्थापित गर्न सफल भएको बताउनु भयो । यता जनजातीहरु भने शैक्षिक तथा राजनितिक नेतृत्व लिंदा दुःखहुने भन्दै पछि हट्ने र जाँड रक्सि सेवनलाई जातीय उपाधि साेंच्ने प्रवृत्तिका कारण जनजातीहरु पछि परेको उहांको तर्क रहेको थियो ।
अब जनजातीहरुलाई अरुजातीले हेप्यो,रोक्यो र अधिकार दिएन भनेर बस्नु भन्दा जनजातीहरु पनि शैक्षिक तथा राजनितिक नेतृत्व लिन तयार हुनु पर्यो जस्ले गर्दा जनजातीहरुको राजनितिक नेतृत्वले जातीय ब्यत्तित्वमा परिवर्तन गर्ने छ र जनजातीहरुको हक अधिकार सुनिश्चित हुने सांसद घर्ति मगरको भनाई रहेको थियो ।

अहिले नेपालका जनतातीहरुको हक अधिकार प्राप्तीमा क्रमागत विकास भएको तर छल्याङ्गगत विकास नभएको भन्दै जनजातीहरु जब सम्म राजनितिक नेतृत्वमा पुग्दैनन् तब सम्म जनजातीहरुको पक्षमा छल्याङ्गगत विकास नहुने उहांको भनाई रहेको थियो ।

फरक प्रसंगमा सांसद घर्ति मगरले नेपालको संविद्यानमा अहिले स्वयतता नभएको बताउनु भएको थियो । संविद्यानमा नै स्वयतता नभएका कारण नेपालका प्रदेशहरुको नामाकरण गर्ने सवालमा जनजातीहरुले चाहेको जस्तो हुन नसकेको उहांले बताउनु भयो । तर सबै प्रदेशमा जातीय स्वयतताका आधारमा नामाकरण गर्न सक्ने अवस्था नभएपनि केहि प्रदेशमा सक्ने अवस्था हुदा हुदै पनि केहि जनताजी नेताहरु कै कारण जातीय स्वयत प्रदेश हुन नसकेको सांसद घर्ति मगरले बताउनु भयो ।

त्यसैगरी सोही कार्यक्रममा बोल्दै सरावल गाउँपालिकाकी उपाध्यक्ष उत्तमा रायले जनजातीहरुको कला ,संस्कृति र पहिचानको संरक्षण गर्न जरुरी रहेकोमा जोड दिनु भएको थियो । उहांले अहिले सबै जात जातीहरुले आफ्नो जातीय संस्कृतिलाई बिर्षेर पाश्चायती संस्कृति अङ्गालेमा दुःख ब्यक्त गर्नु भएको थियो ।

सुनवल–१३ सुन्दर वस्तीमा रहेको गण महाविर बुद्ध विहार तथा गुम्वाको सभाहलमा आयोजीत २७ औं विश्व आदिवासी दिवस तथा प्रशिक्षण मुलक कार्यक्रममा गाउँ ,नगर,जिल्ला,क्षेत्र,प्रदेश तथा केन्द्रलेवका प्रतिनिधिमुलक जनजाती अगुवाहरुले आ–आफ्नो धारणहरु राख्नु भएको थियो ।

नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् नवलपरासीका जिल्ला अध्यक्ष देवराज चौधरीको अध्यक्षता लुम्बिनी प्रदेश सभा सदस्य तुलाराम घर्ति मगर( बसन्त)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चित्र बहादुर गुरुङ्गको स्वागत मन्तब्य रहेको थियो भने सचिव मान बहादुर मल्ल र सह–तारा रानाको संचालनमा कार्यक्रम सम्पन्न् भएको थियो ।

Leave A Reply

Your email address will not be published.