Sarawal sit lahar Notis

धर्म निरपेक्षता र समानुपातिक समावेसिता कार्यान्वयन हुनु पर्ने जनजातीहरुको माग

0 75

कृष्ण ढकाल
बर्दघाट,साउन–२२
नेपाल आदिवासी जनजाती महासंघ नवलपरासीले नेपालमा धर्म निरपेक्षता र समानुपातिक समावेसिता कार्यान्वयन हुनु पर्ने भन्दै यस वर्षको २७ औं विश्व आदिवासी दिवसलाई आन्दोलनका रुपमा मनाउने भएको छ ।

शनिवार नवलपरासीको बर्दघाट–९ भुताहामा पत्रकार सम्मेलनको आयोजनागरी नेपाल आदिवासी जनजाती महासंघ नवलपरासीले २३ गते सुनवलमा रक्तदान कार्यक्रम र २५ गते सुन्दरवस्तीको बौद्ध विहारमा प्रतिनिधिमुलक विषेश कार्यक्रम गर्ने जनाएको छ ।

नेपाल आदिवासी जनजाती महासंघ नवलपरासीका अध्यक्ष देवराज चौधरीको अध्यक्षता र सचिव मान बहादुर थापाको संचालनमा भएको पत्रकार सम्मेलनमा मिलन तमु,चन्द्रमाया पुनमगर,शम्भुलाल श्रेष्ठ,तारा थापा,पूर्णमान श्रेष्ठ,सुविर पुन लगाएतका जनजाती अभियान्ताहरुको उपस्थिती रहेको थियो ।
राज्यका हरेक निकायमा जनजातीहरुलाई दिदै आएको आरक्षणको कोटाको विषयमा सर्बोच्च अदालतको निर्णयको फैसला प्रति जनताजीहरुको आपत्ती रहेको समेत पत्रकार सम्मेलनमा जनाईएको थिययो । उनीहरुले अहिले न्यायलयमा समेत भ्रष्चारीहरु रहेका कारण संविद्यानको मर्म विपरित निर्णय गरेको उनीहरुको भनाई रहेको थियो ।
उनीहरुले संविद्यानको मर्म अनुसार जनसंख्याको आधारमा राज्यका हरेक निकायमा जनताजीहरुको कोटा निर्धारण हुनु पर्ने माग गरेका थिए । अहिले आवश्यकताका आधारमा जनजातीहरुका लागि कोटा निर्धारण गर्ने भनिएको प्रति उनीहरुले आफ्नो विमती रहेको जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.