Jilla Ban Notis

स्वास्थ्य स्वयंसेविकहरुलाई चार दिने पुनर्ताजगी तालिम प्रदान

0 37

गौरीशंकर जयसवाल

परासी २३ असार
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकहरुलाई चार दिने पुनर्ताजगी (रिफ्रेसर ) तालिम प्रदान गरिएको छ । स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीको आयोजनामा संचालित महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकहरुलाई प्रदान गरीएको चार दिने पुनर्ताजगी (रिफ्रेसर ) तालिमको आज एक कार्यक्रमको बिच समापन गरीएको छ । रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यतामा उक्त तालीमको सामापन गरीएको थियो।

सामापन कार्यक्रममा बोल्दै नगरप्रमुख गुप्ताले महिला स्वास्थ्य स्वयसेविकाले नागरिकलाई स्वास्थ्य सेवा पहुँचमा पुयाउन महत्वपूर्ण योगदान रहेको बताउदै ती स्वास्थ्य स्वायंसेबीहरुको कामको मुल्याङकन नगरपालिकाले गरिरहेको बताएका थिए ।

उनले नगरपालिकाले स्वास्थ्य स्वायंसेबीकाहरुको क्षमता अभिबृद्धी र बिकासमा जोड दिदै आएको भन्दै ६० बर्ष पुगे पुगेका स्वास्थ्य स्वयंसेबीकहरुलाई नगरपालिकाले साम्मानित रुपमा बिदाई गर्ने र बिदाईमा उनीहरुले पाउने रकममा थप गरेर बिदाई गर्ने बताएका थिए । नगरप्रमुख गुप्ताले भने स्वयसेविकाका घरपरिवारलाई स्वास्थ्य बिमाको रकम नगरपालिकाले गर्ने बताउदै बिमाको रकम स्वय नगरपालिकाले व्यर्होने गरी स्वास्थ्य बिमा गरिदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका स्वास्थ्य प्रमुख कृष्ण पोखरेले कार्यक्रमको बारे जानकारी गराउदै आमा र बच्चा स्वास्थ्यबारेमा आधारभूत ज्ञान प्रादन गरेर महिला सशाक्तिकारण गर्ने र महिलाको क्षमता अभिबृद्धी गरी प्रथामिक स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य शिक्षा दिन प्रेरण र सामुदाय परिचालनको भूमिका निर्वाह गर्न सक्षम बनाउने ृउदेश्यले उक्त तालिमको आयोजना गरिएको बताए ।

यस्तै आमा र बच्चाको स्वास्थ्य प्रबद्र्धनमा समुदायको संग्लनता बढाउने र आधारभूत ज्ञान सीप अभिबृद्धी गरी उनीहरुलाई अफानो कार्यक्षेत्रमा सक्रिया भई कार्य गर्न सक्षम बनाउने तालिमको उदेश्य रहेको प्रमुख पोखरेलले जानकारी दिए ।
तालिम रामग्राम नगरपालिकाको वडा नं. १४ अमरौटका ६ जना स्वास्थ्य स्वयसेबीका ,रामग्राम नगरपालिकाको १८बन्जरीया ६ जना वास्थ्य स्वयसेबीका र रामग्राम १० मझारिया का १८ जना गरी ३० जना महिला स्वास्थ्य स्वयसेबीका सहभागिता रहेको स्वास्थ्य कार्यालय फोर्कल पर्सन देबी पौडेलले जानकारी दिए । चार दिनसम्म संचालित तालिमको प्रशिक्षण सुक्रौली स्वास्थ्य चौकीका प्रमुख बालराम सापकोटा र नियाज अहमाद खाँनले प्रशिक्षण दिएका थिए ।

Leave A Reply

Your email address will not be published.